काठमाडौं। फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षिय बालकलाइ अभिभावकले कोशी नदिमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ।
यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा #experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे। त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो।
आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । #experienceNepal ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो ।
वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेको छ ।
‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गरेकाछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रतियोगितामा #experienceNepal कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्शन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।
नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, #experienceNepal कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १० र ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटा प्रतिस्पर्धामा छन् ।
फोटो प्रतियोगिताका निर्णायक मण्डलका एक सदस्य तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले गुणस्तरीय, कलात्मक र राम्रो कम्पोजिसन लगायतका फोटोको अन्य पाटोहरुलाई हेरर उत्कृष्ट फोटोहरु छानिएको बताए। उनले भने, ‘करिब ६ हजार फोटोहरु प्रतियोगितामा आएका थिए । त्यसमा हामीले उत्कृष्ट छान्न निकै मेहनत गर्नुपर्यो। हामी जजहरुले पनि निकै छलफल गरेर फोटोहरु छानियो ।’ उनले प्रविधिले फोटोपत्रकारिता उच्च भइसकेको बताए । यस्ता प्रतियोगिताले फोटोपत्रकारितामा झनै निखार आउने उनले बताए।
मुख्य जज पाब्लो बाथर्लोमेले पिजे क्लवले गरेको यो प्रतियोगिता दक्षिण एसियामा नै उत्कृष्ट भएको बताए। दक्षिण एसियाका अन्य देशरुले यस्तो प्रतियोगिता नगरेको बताए । उनले वल्र्ड प्रेस फोटो अफ दि इयर १९९५ मा जितेका थिए । यसैगरी ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएकोमा आफू हर्षित भएको बताए । उनले आगामी दिनमा पनि प्रतियोगितामा आफूहरु सहयोग गर्न तयार रहेको दाहोर्याए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले फोटो आफैंमा जीवन भएकोले यसको महत्व दिनदिनै बढिरहेको बताए । उनले समाचार भन्दा पनि फोटो झन् बढी शसक्त मामध्यम भएकोले यस्ता प्रतियोगिता आगामी दिनमा हुनुपर्ने बताए। उनले भने, ‘हुन त मानिसले जीवन बोलाउने हो । प्रविधि एउटा सारथी मात्रै हो । तर मान्छेले फोटोको माध्यम मार्फत जीवन बोलाउने काम गर्छन्।’ फोटोको महत्व दिनदिनै बढिरहेको भएपनि नेपालमा फोटोपत्रकारिता भने पछि परेको मन्त्री बाँस्कोटाको भनाइ थियो।
यसैगरी यस वर्षको फोटो अफ दि इयरको विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापत पाएको रकम कमल सदा र यादव थपलियाको परविारलाई दिने बताए। उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए। उनले फोटो जिते वापत १ लाख रुपैयाँ नगद पाएका छन्। गत वर्ष सप्तरीमा गएको बाढीमा ज्यान गुमाउन पुगेका कमल सदाको फोटोले यस वर्षको फोटो अफ दि इयर जित्न सफल भएको थियो।
क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए। उनले प्रतियोगिताको दौरानमा केही त्रुटी भएपनि यस्ता त्रुटीलाई आगामी दिनमा सच्याउँदै झन् उत्कृष्ट प्रतियोगिता गर्ने बताए। उनले भने, ‘छैटौं संस्करणसम्म आउँदा सहभागीहरुको सहभागीताले हामीलाई हौस्याएको छ। यस्ता प्रतियोगिता आगामी दिनमा पिजे क्लवले गर्दै जानेछ।’
प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ। यस प्रतियोगितालाई आईएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्टस, विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस, भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भुमिका निर्वाह गरेकाछन्। प्रतियोगिताको मेडिकल पार्टनर स्टार हस्पिटल, हस्पिटालिटी पार्टनरमा क्लासिक मःमः, बज्र होटल रहेको छ भने प्रतियोगिताको प्रचार सहकर्मीमा न्युज एजेन्सि नेपाल रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड रहेको छ।
मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाईम्स, आर्थिक दैनिक, पोखरा हटलाइन, पश्चिमटुडे, दैनिक नेपालगन्ज र क्यापिटल बिजनेस म्यागजिन छन्। यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन्।
अनलाइन पार्टनरमा इकान्तिपुर डटकम, नागरिक न्युजडटकम, माइरिपब्लिका डटकम, हाम्राकुरा डटकम,अनलाइनखवर डटकम, अन्नपूर्णपोष्ट डटकम, ईनयापत्रिका डटकम पहिलोपोष्ट डटकम, बाह्रखरी डटकम, माइसन्सार डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डू डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्यूजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम, छन् । उज्यालो नेटवर्क र सिटीजन एफएम रेडियो पार्टनर रहेका छन्।