- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप फुटबलमा फ्रान्सले उरुग्वेसँगको क्वार्टरफाइनल खेलका लागि आफ्नो तयारी जारी राखेको छ । फ्रान्सका खेलाडीहरुले आगामी खेलको लागि तयारी निरन्तर तयारी गरेका छन् ।
गत शनिबार अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेको टोलीले उच्च मनोबलका साथमा आफ्नो तयारी जारी राखेको हो।
मस्कोभन्दा बाहिर रहेको ग्लेबोबेट्स स्टेडियममा फ्रान्सका पाउल, पोग्वा, कायलिन एमबाप्पेलगायतका खेलाडीहरुले अभ्यास गरेका थिए ।
खेलाडीहरुले एकआपसमा निकै राम्रो समन्वय देखाएका थिए । सन् १९९८ मा उपाधि जितेको फ्रान्स दोस्रो पटक यो उपाधिमा कब्जा गर्ने दाउमा रहेको छ ।
युवा खेलाडीहरुले भरिएको टोलीले यसअघि सन् २०१६ मा युरोपियन च्याम्पियन्सको फाइनल पनि खेलेको थियो । उक्त खेलमा भने फ्रान्स झिनो अन्तरले पोर्चुगलसँग पराजित भएको थियो ।
शुक्रबार उरुग्वेले फ्रान्सको सामना गर्नेछ । यो खेल मिडफिल्डर ब्लाइसे माट्यसडीले भने यो खेल गुमाउने छन् ।