arrow

कोर्ट र सरकार मिल्यो –डा शेखर कोइराला 

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार कानुनी आधारमा नचलेको आरोप लगाएका छन् । उनले कोर्ट र सरकार मिलेपछि कानुनी आधार पनि सकिने बताए । 

बालकृष्ण ढुंगेल काण्डको उदाहरण दिँदै कोर्टले कारण देखाउ आदेश भन्छ अनि सरकारले पर्सीपल्ट जेलमा भएका मान्छेलाई सरकारले छोडिदिन्छ तर कोर्टले पनि त्यसलाई समर्थन गर्छ भने यसलाई मिलेमतो नभनेर के भन्ने कोइरालाले सोधे ।

डा कोइरालाले अहिलेको सरकार सर्वसत्तावादी सोच लिएर अगाडि बढेको आरोप लगाए । उनले सरकार रेल र पानीजहाजका कुरा गरेर ‘पपुलर’ बन्न खोजेको भन्दै यथार्थमा हिँड्न नखोजेको बताए । 

डा कोइरालाले पपुलिष्ट नारा लिएर देश नचल्ने पनि बताए। गृहमन्त्री प्रदुषण नाप्न जानुलाई पपुलिष्ट नभनेर के भन्ने ? 

सर्वसत्तावाद कसरी आउँदैछ ? 
सरकारले हचुवामा राजनीतिक नियुक्ति हटाउनु राम्रो हैन । बालकृष्ण ढुंगेल, गंगामाया अधिकारी, गोविन्द केसीका काण्ड हेरेपछि पुग्छ । डा कोइरालाले भने, ‘राजनीतिक नियुक्तिबाट आए पनि प्रक्रिया पुर्याएर आएकालाई एकैपटक हटाउन मिल्छ ?’

उनले अगाडि थपे, ‘निर्वाचन आयोगसंग छलफल गरेर सहमतिमा गरिएका नियुक्तिलाई अवैधानिक भन्न मिल्छ ?’ उनले स्पष्ट पारे, ‘कुनै पनि नियुक्तिलाई देउवा नेतृत्वको सरकारले हचुवामा गरेको हैन, कुनै पनि नियुक्ति गैरकानुनी हैन, आफू सुहाउँदो निर्णय गर्ने ?’

उनले भने, ‘सरकारले अहिलेसम्म प्रधानन्यायाधीश नतोकेर कायम मुकायम राखिरहनु पनि सर्वसत्ताबादको नमूना हो ।’

प्रतिपक्षीले खेलेको भूमिकाबारे डा कोइराला 

उनले अगाडि थपे, ‘लोकतन्त्र नै खतरामा छ, सरकारले मनलाग्दी गर्नु नै अधिनायकबाद हो ।’
हामी प्रतिपक्षमा छौं हामीले प्रतिपक्षीको भूमिका खेल्ने हो। कुनै पनि प्रतिपक्षीले सरकारलाई सहयोग गर्दैन। हामी तत्कालीन एमालेजस्तो रेलिङ भाँच्न जाँदैनौं। मान्छे मार्दैनौं। तर सरकारले गल्ती गर्दा चुप लागेर बस्दैनौं । 

यो सरकारलाई लागेको छ कि पाँच वर्षको लाहाछाप लागेपछि जे पनि गर्न पाइन्छ । जनताले देश चलाउन पाँच वर्षको म्यान्डेट दिएका हुन् देश बिगार्न होइन्। 

निषेधाज्ञाबारे डा कोइराला
के जरुरी थियो माइतीघर मण्डलामा निषेधाज्ञा लगाउनु पर्ने ? राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय अगाडि हुन सक्ला । तर के माइतीघर मण्डलामा लगाउन मिल्छ ? 

कमल थापाले पहिले रिङरोङमा पनि निषेधाज्ञा लगाएकै हुन्, तोडिएकै हो । के फरक पर्यो त कमल थापा र रामबहादुर थापामा । 

ओलीजीले र रामबहादुर थापाजीले लोकतन्त्र र राजनीतिका बारेमा काँग्रेसलाई सिकाउन पर्दैन कोइरालाले थपे । 

डा केसीबारे 
डा गोविन्द केसीले अनसन नै बस्न पाउनु हुन्न भन्ने सरकार सर्वसत्तावादतिर नगएर कता गएको भन्ने ? 

१५ पटकसम्म आमरण अनसन बस्नुपर्ने अवस्थालाई के भन्ने ? यस्तो पनि कहीं हुन्छ ? चिकित्सा शिक्षा विधेयक पटक पटक चेन्ज गर्ने हो ? 

छलफल गरेर निष्कर्षमा कहिल्यै पनि नपुग्ने भन्ने हुन्छ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ