arrow

क्वार्टरफाईनल पुर्वसन्ध्यामा ब्रजिललाई झट्का, डेनिलो पुन: घाईते

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
Danilo_Brazil.jpg

काठमाडौं। ब्रजिलका रक्षापंक्तिका खेलाडी डेनिलो देब्रे कुर्कुच्चामा लागेको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।

समुह चरणको पहिलो खेल स्विजरल्याण्ड बिरुद्ध खेलेका डेनिलो तिघ्राको चोटका कारण दुई खेल खेल्नबाट बन्चित भएका थिए।

शुक्रबार बेल्जियम बिरुद्ध हुने क्वार्टरफाईनलको पुर्वसन्ध्यामा अभ्यासका क्रममा डेनिलो घाईते भएका हुन्। उनी ब्रजिल भने फर्कने छैनन्।

ब्रजिलकालागि डेनिलोले १९ खेल खेलिसकेका छन्। ईङलिश क्लब म्यानचेस्टर सिटीका खेलाडी डेनिलोले टिमसँगै आराम गर्नेछन्।

ब्रजिल टोलीमा ड्यानी एल्वेसको ठाउँमा आएका डेनिलोको ठाउँमा फाग्नरले खेलेका छन्। डेनी एल्वेस घुँडाको चोटका कारण ब्रजिल टिममा परेका थिएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ