arrow

उरुग्वेलाई पराजित गर्दै फ्रान्स सेमीफाईनलमा

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
France_Uruguay.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको छ। उक्त जितसँगै फ्रान्सले सेमीफाईनलमा आफ्नो स्थान पक्का गरेको छ। 

फ्रान्सले सेमीफाईनलमा ब्रजिल र बेल्जियमको क्वार्टरफाईनल बिजेतासँग खेल्नेछ। दोस्रो क्वार्टरफाईनलमा बेल्जियम र ब्रजिल भिड्ने छन्। 

खेलको ४०औं मिनेटमा एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा राफायल भारानले टाउको मार्फत गोल गर्दै फ्रान्सलाई १-०को अग्रता दिलाएका थिए। 

त्यसैगरि फ्रान्सकालागि दोस्रो गोल एन्टोनी ग्रिजम्यानले ६१औं मिनेटमा गरेका थिए। ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपर फर्नान्डो मुसलेराको हातमा लागेर जाली चुमेको थियो। उनले बाहिर फाल्न खोजेको बल आफ्नै पोष्टमा छिरेको थियो।

खेलमा फ्रान्सले आफ्नो प्रभुत्व जमाएको थियो। ६२ प्रतिसत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले २ बल पोष्टमा प्रहार गरेको थियो। दुवै प्रहार गोल भएका थिए। 

फ्रान्सकालागि गोलकिपर ह्युगो लोरिसले राम्रो बचाउहरु गरेका थिए। उरुग्वेले केही आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन। फ्रान्स १ पटकको विश्व विजेता रहिसकेको छ भने उरुग्वेको नाममा २ विश्वकप बिजेताको उपाधि रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ