रुखको हाँगाले च्यापिएर बोहोरा दाजुभाइको मृत्यु, १ घाईते
रमित विक,
प्रकाशित २०७५ असार २३ शनिबार
713
Shares
बाजुरा। गौमुल गाउँपालिका वडा नं ३ गर्जेमा रुख हाँगाले च्याप्पिएर २ जनाको मृत्यु भएको छ। शुक्रवार मध्यरातमा भएको सो घटनामा एक जना गम्भिर घाईते भएका छन् ।
गर्जेको रातीमाटा भन्ने स्थानमा भएको सो दुर्घटनामा परि २२ बर्षिया भिम बहादुर बोहरा र २३ बर्षका धर्म बोहराको मृत्यु भएको हो। बोहोरा दाजुभाइसँगै रहेका खन्टे बोहोरा गम्भिर घाइते भएका छन्।
काठ चिर्न गएका उनीहरु जंगलमा पानीको ट्याङ्गकी नजिकै पाल टाँगेर सुतीरहेको बेला रुखको हागाँ भाँच्चिएर सो दुर्घटना भएको स्थानिय तुला बहादुर रोकायाले जानकारी दिए।
अचानक हावाहुरी लागेका कारण वास बसेको स्थानकै रुखको हाँगा भाँचिदा त्यसमा च्यापिएर बोहोरा दाजुभाइको मृत्यु भएको रोकायाले बताए।
गम्भिर घाईते खन्टे बोहरालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउने क्रममा रहेको रोकायाले जानकारी दिए।