arrow

विश्वकप फुटबल प्रिभ्यु  : स्विडेन भर्सेस इंगल्याण्ड, कसको पल्ला भारी 

logo
प्रकाशित २०७५ असार २३ शनिबार
england-sweden.jpg

काठमाडौं। शनिबार विश्वकपको क्वार्टरफाइनल अन्तर्गत इंगल्याण्ड र स्विडेनको बीचमा खेल हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो।

समुह चरणमा दुई खेलमा जित र एक खेलमा हारको सामना गर्दै माथिल्लो चरणमा पुगेको स्विडेनले समुह चरणमा निकै राम्रो प्रदर्शन गरेको थियो। जर्मनीसहितको समुहबाट यो टोली शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो। यो टोलीले समुह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको टोलीले अन्तिम खेलमा मेक्सिकोलाई पराजित गरेको थियो। दोस्रो खेलमा भने जर्मनीसँग पराजित भएको थियो। समुह चरणमा स्विडेनले पराजित गरेका दुवै टोलीहरुले जर्मनीलाई पराजित गरेका थिए।

अन्तिम १६ को खेलमा भने स्विडेनले समुहचरणमा ब्राजिललाई बराबरीमा रोक्न सफल रहेको टोली स्विट्जरल्याण्डलाई पराजित गरेको थियो। निकै प्रतिस्पर्धात्मक देखिएको अन्तिम १६ को खेलमा भने स्विडेनले केही राम्रो प्रदर्शन गरेको थियो। उसले आपस्नो समुहका तीनै खेलमा निकै सन्तुलित किसिमको खेल प्रस्तुत गरेको थियो। जसको कारण क्वार्टरफाइनलको शनिबारको खेलमा पनि इंगल्याण्डलाई यो टोलीले राम्रै चुनौती दिनसक्ने देखिन्छ। स्विडेनले यसअघि छनोट चरणमा पनि निकै राम्रो प्रदर्शन गरेको थियो। स्विडेनले इटालीलाई पनि पाखा लगाएको थियो, जसको कारण इटाली विश्वकपमा सहभागी हुन सकेन। पछिल्लो समय टोली निकै राम्रो लयमा रहेको कारण उसलाई रोक्नु जुनसुकै टोलीका लागि समस्या बन्नसक्ने देखिन्छ।

समुह ‘जी’ को उपविजेता टोली इंगल्याण्डले पनि पछिल्लो समय उत्कृष्ट खेल देखाइरहेको छ । यो टोलीले समुह चरणका खेलहरुमा निकै राम्रो प्रदर्शन गरेको थियो । विश्वकप जित्ने उद्देश्यका साथमा रुस आएको टोलीले समुह चरणको अन्तिम खेलमा भने बेल्जियमसँग हारको सामना गरेको थियो। विश्वकप फाइनलसम्मको बाटो केही सहज पार्नका लागि सो खेल हार्नु इंगल्याण्डको लागि केही सहज हुने थियो । क्वार्टरफाइनलको खेलमा भने इंगल्याण्डले कोलम्बियालाई टाइब्रेकरमा पराजित गरेको थियो । 

इंगल्याण्डले समुह चरणका तीन खेलमा ८ गोल गरेको थियो भने तीन गोल खाएको थियो । यससँगै ६ अंकका साथमा यो टोली अन्तिम १६ मा पुगेको थियो। अन्तिम १६ को खेलमा भने उसले कोलम्बियासँग १–१ को बराबरी खेल्दै टाइब्रेकरमा नतिजा आफ्नो हातमा ल्याएको थियो। इंगल्याण्डको रक्षा पंक्ति तथा मिडफिल्डमा जोडदार तालमेल देखिन्छ, यस्तोमा स्विडेनसँगको खेलमा इंगल्याण्ड कस्तो हिसाबमा मैदानमा उत्रिन्छ, त्यो भने हेर्न बाँकी छ।

लाइन अप 

शनिबारको खेलमा स्विडेनको ध्यान रक्षापंक्तिमा हुनेछ। यसअघिको खेलमा देखिएको नतिजासँगै स्विडेनले धेरै खेलाडीहरु रक्षामा राख्नसक्छ भने त्यसभन्दा माथि क्रमशः दुई दुई जना खेलाडीहरु राख्ने उसको रणनीति हुनसक्छ। जसअनुसार शनिबार ४–२–२–२ को संरचनामा स्विडेन मैदानमा उत्रिनसक्छ।

इंगल्याण्डको पनि ध्यान रक्षा तथा मध्यपंक्तिमा हुनेछ। रक्षापंक्तिमा तीन जना खेलाडीहरु राख्दा उसले त्यसभन्दा केही माथि थप तीन खेलाडीहरु राख्नसक्छ। मध्यपंक्तिमा दुईजना खेलाडीहरु रहँदा अग्रपंक्तिमा पनि समान दुई खेलाडीहरु हुनसक्छन्। अर्थात् इंगल्याण्ड शनिबार ३–३–२–२ को संरचनामा मैदानमा उत्रिनसक्छ। 

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीहरुको बीचमा २४ पटक प्रतिस्पर्धा भएको छ, जसमा आठ पटक इंगल्याण्डले जित हासिल गरेको छ भने स्विडेनले सातपटक जित हासिल गरेको छ। बाँकी नौ खेलहरु बराबरीमा सकिएका छन्। विश्वकपमा भने यी दुई टोलीहरु अहिलेसम्म चारपटक आमने सामने भएका छन्, जसमा सबै खेलहरु बराबरीमा सकिएका छन्। 

प्लेयर्स टु वाच 
ह्यारी केन (इंगल्याण्ड)

इंगल्याण्डका कप्तान तथा स्ट्राइकरको भूमिका शनिबारको खेलमा निकै महत्वपूर्ण बन्नसक्छ। उनले समुहचरणको दुई खेलमा ५ गोल गरेका थिए भने अन्तिम १६ को खेलमा पनि एक गोल थपेका थिए। यसअघि उनले समुहचरणको एक खेलमा ह्याट्रिक पनि पूरा गरेका थिए। यो विश्वकपमा उनी गोल्डेन बुट पाउनसक्ने खेलाडीको सबैभन्दा अगाडि रहेका छन्। यी खेलाडीलाई रोक्नु स्विडेनको लागि शनिबार एक चुनौती हुनसक्छ। 

एमिल फोर्सवर्ग (स्विडेन)
स्विडेनको लागि मंगलबारको खेलमा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ। जाल्टन इब्राहिमोभिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्विडेनको टोलीमा यी खेलाडीको भूमिका महत्वपूर्ण बन्दै गएको हो। निकै क्षमतावान् यी खेलाडीले रुस विश्वकपको समुह चरणको खेलमा खासै प्रभाव जमाउन सकेका थिएनन्, यद्यपि पछिल्लो समय उनी लयमा फर्किने क्रममा देखिन्छन्। शनिबारको खेलमा यी आक्रमक मिडफिल्डरले आफ्नो असली खेल देखाउन सकेको खण्डमा स्विडेनले नतिजा आफ्नो पक्षमा पार्नसक्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ