arrow

जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो : पाउलिन्हो

logo
प्रकाशित २०७५ असार २३ शनिबार
brazil-vs-b.png

काठमाडौं । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि कठिन रहेको बताएका छन् ।

बेल्जियमसँग हारको सामना गरेसँगै ब्राजिलका यी खेलाडीले यसपटक चार वर्षअघिको भन्दा नराम्रो लागेको बताएका हुन् ।

शुक्रबार भएको खेलमा ब्राजिलले बेल्जियमसँग २–१ हारको सामना गरेको हो । यससँगै यो विश्वकपको ब्राजिलको यात्रा समाप्त भएको छ ।

सन् २०१४ मा आफ्नै घरमा भएको विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलको भारी अन्तरले पराजित भएको थियो ।

शुक्रबारको खेलमा सामेल भएका पाउलिन्होले बेल्जियमसँगको हार सहन चार वर्षअघिको हारभन्दा पनि कठिन भएको बताएका हुन् ।

एक टेलिभिजनमा अन्तर्वार्तामा दिँदै पाउलिन्होले यो खेलको नतिजा स्वीकार गर्न निकै कठिन भएको बताए । उनले आफूहरुले अन्तिम समयसम्म प्रयास गर्दा पनि यो विश्वकपबाट बाहिरिनुपरेको बताए ।

ब्राजिलको टोलीमा बेल्जियमसँगको खेलमा स्टार खेलाडीहरुले भरिएको ब्राजिलका महत्वपूर्ण खेलाडीहरुले पनि गोल गर्न सकेनन् । ब्राजिलका फरवार्ड ग्रावियल जेससले ठुला खेलाडीहरुले गोल गर्न नसकेको कारण शुक्रबारको खेलमा निराशाजनक नतिजा हासिल भएको बताए ।

शुक्रबारको खेलमा उनी सब्स्टिच्युट हुँदै बाहिर निस्किएका थिए ।  (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ