arrow

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

logo
प्रकाशित २०७५ असार २३ शनिबार
naymer-brazil.png

काठमाडौं । शुक्रबारको खेलमा बेल्जियमले ब्राजिलमाथि जित हासिल गरेसँगै अर्जेन्टिनाका समर्थकहरुले खुसीयाली मनाएका छन् । अन्तिम १६ को खेलमा फ्रान्ससँग हारेर बाहिरिएको लियोनेल मेस्सीको टोलीका सामर्थकहरुले दक्षिण अमेरिकी प्रतिस्पर्धी ब्राजिलको हारमा खुसीयाली मनाएका हुन् ।

रसियामै रहेका अर्जेन्टिनाका समर्थकहरुले शुक्रबार मस्को फ्यान पार्कमा खुसी मनाएका हुन् । उनीहरुले ‘नेयमारलाई बिदाइ’ भन्ने गीत गाउँदै खुसी साटासाट गरेका थिए । इटालियन लोक गीतको भर्सनमा उनीहरुले नेयमारको गीत बनाएका थिए ।

उनीहरु यसअघि नेयमारले खेल मैदानमा धेरै नाटक गरेको भन्दै आलोचना गर्दै आएका थिए । यस्तोमा नेयमारले आफ्नो टोलीलाई रुस विश्वकपमा सेमिफाइनलको बाटो देखाउन नसकेका हुन् । शुक्रबार ब्रजिलले अन्तिम समयमा केही राम्रो मौका बुनेको थियो । साथै आक्रमणको केही राम्रो प्रयास गरेको थियो तर उसले हारलाई टार्न भने सकेन।

नेयमारलाई यसपटकको उपाधि आफ्नो टोलीलाई दिलाउँदै साबित गर्ने मौका रहेकोमा बेल्जियमसँगको हारसँगै उनको सपना चार वर्षको लागि धकेलिएको हो ।

शुक्रबारको खेलमा ब्रजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डि ब्रुयनले दोस्रो गोल गरेका थिए । खेलको दोस्रो हाफमा सब्स्टिच्युट खेलाडी रेनाटो अगस्टोले गोल गर्दै ब्रजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र बेल्जियम २–१ गोलले विजयी भयो ।

यससँगै मेस्सीजस्तै नेयमार पनि आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउनबाट वञ्चित भएका छन् । यसले अर्जेन्टिनाका समर्थकहरुलाई अन्तिम १६ मा व्यहोरेको हारको पीडामा केही राहत मिलेको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ