- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आयोजक रुस पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदा क्रोएसिया सेमिफाइनलमा पुगेसंगै समीकरण पूरा भएको हो ।
सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंगल्याण्ड र क्रोएसिया भिड्ने भएका छन् । पहिलो सेमिफाइनल जुलाइ १० तारिख मंगलबार राति ११ः४५ बजे हुनेछ भने दोस्रो सेमिफाइनल जुलाई ११ तारिख बुधबार हुनेछ ।
क्वार्टरफाइनलमा फ्रान्सले युरुग्वेलाई तथा बेल्जियमले ब्रजिललाई हराएको थियो । त्यसैगरी इंगल्याण्डले स्वीडेनमलाई हराएको थियो ।
यो समीकरणले २१ औं शताब्दीको नयाँ विजेता पाउने छ । पूर्व विजेताहरु दुई टिममात्र अहिले सेमिफाइनलमा छन् । इंगल्याण्डले सन् १९६६ र फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।