arrow

विश्वकपको सुरुदेखि अहिलेसम्मका कमजोर गोल किपिङहरु

logo
प्रकाशित २०७५ असार २४ आइतबार
keeper.JPG

काठमाडौं । रुसमा अहिले विश्व फुटबलको महाकुम्भ जारी छ । विश्वकपमा केही गोलरक्षकहरुले धेरै राम्रो प्रदर्शन गरिरहेका छन् भने केही गोल रक्षकले सबैभन्दा नराम्रो प्रदर्शन पनि गरेका छन् । यस्तोमा विश्वकपमा अहिलेसम्म भएका सबैभन्दा नराम्रो गोल खाने गोलरक्षकहरु यस्ता छन्

१. बार्बोसा (ब्राजिल) सन् १९५० फाइनल
सन् १९५० मा आफ्नै घरमा आयोजना भएको विश्वकपको उपाधि हासिल गर्ने संघारमा ब्राजिल पुगेको थियो । समुह चरणको अन्तिम खेलमा ब्राजिललाई उपाधि हासिल गर्नको लागि कम्तीमा बराबरीको नतिजा आवश्यक थियो भने उरुग्वेलाई उपाधिका लागि जित अनिवार्य थियो । ब्राजिलको टोली उक्त समयमा राम्रो लयमा पनि थियो । ब्राजिलका समर्थकहरुले विश्वकप जितेको खुसीयाली मनाउन पनि सुरु गरिसकेका थिए ।

यस्तोमा अनुमानविपरीत उरुग्वेले खेलमा अग्रता लियो । त्यसको केही समयमा नै ब्राजिलले बराबरी गोल फर्कायो तर खेलमा ७९ औं मिनेटमा गोलकिपरले समातिसकेको बल पनि छाड्न पुगे र उरुग्वेले सो खेल जित्यो । सो खेलमा गरेको गल्तीको कारण बार्बोसालार्य ब्राजिलमा सन् २००० सम्म कैद गरिएको थियो । ‘ब्राजिलको नियमअनुसार सबैभन्दा बढी ३० वर्षको सजाय हुन्छ, तर मेरो कैदजीवन ५० वर्षको रह्यो’, उनले भनेका छन् ।

२. नेरी पुम्पिडो (अर्जेन्टिना) सन् १९९० को समुहचरण
इटालीमा आयोजना भएको विश्वकपमा अर्जेन्टिनाका नेरी पुम्पिडो सबैभन्दा उत्कृष्ट गोरक्षक मानिएका थिए । यद्यपि समुहचरणको खेलमा उनको गल्तीको कारण अर्जेन्टिना १–० ले पराजित हुन पुगेको थियो । क्यामरुनका फ्रान्कोइस ओमान–बियिक गोलको लागि बलतर्फ बढिरहेको अवस्थामा पुम्पिडोले बल पाएका थिए । यद्यपि उनले सो बल बचाउनका लागि निकै कमजोर प्रयास गरे र बल अफ्रिकी खेलाडीसँग पुग्यो र अर्जेन्टिनाले गोल खान पुग्यो । यो खेलपछि अर्जेन्टिनाको खेलको माहोल बिग्रियो र पछिल्लो खेलमा उनले आफ्नो खुट्टा भाँचे र नयाँ गोरक्षक टोलीमा बोलाइयो ।

३. रेने हिग्युटा (कोलम्बिया) सन् १९९० को दोस्रो चरण
सन् १९९० मा कोलम्बियाका रेने हिग्युटा निकै राम्रा गोलकिपरको रुपमा देखिएका थिए । दोस्रो चरणको थप समयमा पनि खेल बराबरीको अवस्थामा रहेकोमा गोलकिपर हिग्युटा आफ्नो क्षेत्रभन्दा निकै परसम्म पुगेर खेल्न थाले । त्यसपछि मैदानको बीच भागबाट उनलाई छलाएर क्यानरुनका खेलाडीले खोली पोस्टमा गोल गरे । त्यससँगै कोलम्बिया घर फर्किन बाध्य भयो ।

४. प्याट बोनर (आयरल्याण्ड) सन् १९९४ दोस्रो चरण
सन् १९९४ मा आयरल्याण्ड निकै कठिन समुहमा परेको थियो । यो समुहबाट पनि यो टोली दोस्रो चरणमा प्रवेश गरेको थियो । दोस्रो चरणमा नेदरल्याण्डसँगको भेटमा आयरल्याण्डको रक्षापंक्ति केही कमजोर रहेको देखिएको थियो । जसको कारण सो खेलमा आयरल्याण्ड २–० ले पराजित हुन पुग्यो । जसमा दोस्रो गोल गोलकिपरको गल्तीको कारण भएको थियो । ३० यार्डबाट प्रहार गरिएको बल गोलकिपरले गोलको पोस्टतर्फ फर्काइदिएका थिए ।

५. डेभिड सिमन (इंगल्याण्ड) सन् २००२ क्वार्टरफाइनल
इंगल्याण्ड र ब्राजिलको बीचमा भएको यो प्रतिस्पर्धामा इंगल्याण्ड २–१ ले पराजित भएको थियो । इंगल्याण्डलाई माथिल्लो चरणमा पुग्नबाट रोक्न ब्राजिलका रोनाल्डिन्होको गोल निर्णायक साबित भएको थियो । ४० यार्डबाट प्रहार गरिएको फ्रि किकको लागि समयभन्दा पहिला नै तीन यार्डमा रहेका गोलकिपर जमिन लडिदिए, यो सँगै इंगल्याण्ड प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

६. ओलिभर खान (जर्मनी) सन् २००२ फाइनल
सन् २००२ को फाइनल खेलमा जर्मनी र ब्राजिलको बीचमा प्रतिस्पर्धा भएको थियो । यो खेलमा ओलिभर खानलाई विश्वको सबैभन्दा उत्कृष्ट गोलकिपरको रुपमा मानिँदै आएकोमा यो खेलमा पनि ६७ मिनेटसम्म उनले राम्रो प्रदर्शन गरेका थिए तर त्यसपछि भने ३३ वर्षीय खेलाडीको प्रदर्शन कमजोर रहनपुग्यो । उनले ठुलो गल्तीको फाइदा उठाउँदै ब्राजिलले दुई गोल गर्‍यो र ब्राजिलले पाँचौंपटक विश्वकपको उपाधि उचाल्यो ।

७. रोब ग्रिन (इंगल्याण्ड) सन् २०१० को समुहचरण
सन् २०१० को विश्वकपको पहिलो खेलमा इंगल्याण्डले अमेरिकासँग आधा समयसम्म राम्रो प्रदर्शन गरेको थियो । ४० औं मिनेटमा भने इंगल्याण्डका गोलकिपरबाट ठूलो गल्ती हुनपुग्यो । अमेरिकाको तर्फबाट प्रहार भएको बललाई गोलकिपर रोक ग्रिनले राम्रोसँग समाउन सकेनन् र बलले पोस्टको दिशा लियो ।

८. इगोर एकिन्फीभ (रसिया) सन् २०१४ को समुहचरण
सन् २०१४ को विश्वकपमा रसिया माथिल्लो चरणमा पुग्नसक्ने टोलीको रुपमा हेरिएको थियो । समुहचरणको दक्षिण कोरियासँगको खेलमा रसियाका गोलकिपरबाट ठुलो गल्ती हुनपुग्यो । २० यार्ड टाढाबाट प्रहार गरिएको बलमा उनले सहजरुपमा बचाउन सकिने अवस्था भए पनि प्रहार गर्ने कोसिस गरे, जसले दक्षिण कोरियालाई १–० को अग्रता लिने मौका मिल्यो । पछि रसियाले बराबरी गोल फर्काएको भए पनि खेलमा जित भने हासिल गर्न सकेन ।

९. डेभिड डे गिया (स्पेन) सन् २०१८ समुहचरण
पोर्चुगलसँगको खेलमा पहिलो गोल पेनाल्टीमार्फत् उपहार दिएको स्पेनले दोस्रो गोल भने गोलकिपरको कमजोर प्रदर्शनको कारण खाएको थियो । उनको करियरमै यो सबैभन्दा कमजोर गोल किपिङ थियो । अन्त्यमा खेल ३–३ को बराबरीमा सकिएको थियो ।

१०. विली काबालेरो (अर्जेन्टिना) सन् २०१८ समुहचरण
समुहचरणको क्रोएसियासँगको खेलमा अर्जेन्टिनाका गोल किपरको भूमिका निराशाजनक प्रदर्शन गरेका थिए । पहिलो खेलमा आइसल्याण्डसँग बराबरीको नतिजा हासिल गरेको अर्जेन्टिनाका लागि यो खेलमा जित हासिल गर्नु निकै महत्वपूर्ण रहेको थियो । यस्तोमा अर्जेन्टिनाका गोलकिपरले केही ठुलो गल्तीहरु गर्न पुगे, जसले अर्जेन्टिना क्रोएसिया ३–० ले विजयी भयो ।

११. फर्नान्डो मस्लेरा (उरुग्वे) सन् २०१८ क्वार्टरफाइनल
क्वार्टरफाइनलमा फ्रान्ससँगको खेलमा उरुग्वे १–० ले पछि रहेको थियो र उसलाई खेलमा फर्किनु निकै महत्वपूर्ण थियो । यस्तोमा फ्रान्सका एन्टोनी ग्रिजम्यानले गरेको प्रहार उनको ग्लोब्समा लागी लाइनभन्दा भित्र खस्यो । यससँगै फ्रान्स सो खेलमा २–० ले विजयी भयो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ