arrow

छविलाल जेल जाक्किनु गंगामायाको जित, अर्कोतिर मुद्दा कमजोर पार्ने षड्यन्त्र

गोली हान्ने रुद्र आचार्य कति दिन लुक्छन् आयरल्याण्डमा ?

logo
प्रकाशित २०७५ असार २४ आइतबार
gangamaya-FNL.jpg

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपी  छविलाल पौडेल पुर्पक्षका जेल चलान भएका छन् । छविलाल आइतबार अपराह्न आफै सर्वोच्च अदालतमा आत्मसमर्पण गर्न पुगे । अदालतले उनलाई सदरखोर डिल्लीबजार चलान गरिदियो । 

उनी पुर्पक्षका लागि थुनामा छन् । यो विषयमा मानवअधिकारकर्मीले मिश्रित प्रतिक्रिया दिएका छन् । मानव अधिकारकर्मी चरण प्रसाँईले मुख्य आरोपी नै पक्राउ परेकाले गंगामाया अधिकारीको मुख्य माग सम्बोधन भएको र उनको जीत भएको बताएका छन् । 

उनले भने, ‘यो गंगामायाको जीत हो । यसलाई सकारात्मक लिनुपर्छ । मुख्य आरोपी अप्रत्याशित रुपमा अदालतमा आत्मसमर्पण गर्नु पुग्नु शंकास्पद भएन र ? जवाफमा उनले भने, ‘पक्रिया एउटै हो । पुर्पक्षका लागि जेल चलान गरेको भए । मुद्दाको अन्तिम किनारा नलागेसम्म कानुनी रुपमा उम्किन र उम्काउन पाइँदैन ।’ यो गंगामायाले न्याय पाउने सन्दर्भमा सकारात्मक हो । 

तर, मानवअधिकारकर्मी कपिल श्रेष्ठ गंगामायाले न्याय पाउनेमा विश्वस्त छैनन् । उनले भनेका छन्, ‘यो मुद्दालाई कमजोर बनाउने षड्यन्त्र हो ।’ म चुनौती दिन्छु, प्रधानमन्त्री र गृहमन्त्रीलाई यो मुद्दा राजनीतिक होईन भन्ने बुझेर, सोचेर, बुझेर यस्तो गर्न लगाउनु भएको हो कि ? मुद्दा कमजोर बनाएर बालकृष्ण ढुंगेल जस्तै उम्काउन खोजेको ?’

उनले भनेका छन्, ‘मलाई शंका छ । जिल्लामा रहेका पहिलेका न्यायाधीशहरु र प्रहरीका जिम्मेवार व्यक्तिहरुले मुद्दा कमजोर बनाएका छन् । म सबैलाई राम्ररी चिन्छु ।’ यो छारो हाल्ने कुरा हो । यत्रो वर्ष पक्राउ नपर्ने अहिले आएर अदालतमा आत्मसमर्पण गर्ने ? उनले अब प्रचण्ड र ओलीले थेग्न सक्दैनन् पनि भने । 

कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ । 

गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।

२०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका  कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए । हत्याका मुख्य आरोपी पौडेल हुन् भने अनुसन्धानबाट खुल्न आएका रुद्र आचार्य अहिले आयरल्याण्डमा छन् । गोली हान्ने आचार्य रहेको अनुसन्धानबाट खुलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ