उपकुलपतिलाई नजरबन्धमा राख्नु लोकतन्त्रमाथिकै प्रहार भएको प्राध्यापकहरुको ठहर
प्रकाशित २०७५ असार २४ आइतबार
282
Shares
काठमाडौं। नेपाल संस्कृत विश्वविधालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालालाई क्यानडाको व्रिटिस कोलम्विया विश्वविधालयमा हुन लागेको १७ औ विश्व संस्कृत सम्मेलनमा भाग लिन जानबाट रोक्ने सरकारको कार्यप्रति प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालले विरोध गरेको छ।
संघका केन्द्रीय सचिब विष्णुप्रसाद पोखरेलले एक विज्ञप्ति जारी उपकुलपति कोइरालालाई क्यानडा जान लागेको समयमा त्रिभूवन अन्तरांष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रधानमन्त्री निवास वालुवाटारमा करिव २ घण्टा नजरबन्दमा राखेको कार्यको विरोध गरेका छन्।
कोइरालालाई सम्मेलनमा भाग लिनवाट वन्चित गरि नेपालको छवि समेत विगारेको पोखरेलले वक्तव्यमा जनाएका छन्। वर्तमान केपी ओली नेतृत्वको सरकारले सो यस घटनाबाट लोकतन्त्रको उपहास गरको ठहर संघले गरेको छ ।
यहि असार २५ देखि २९ सम्म हुने विश्व संस्कृत सम्मेलनमा विश्वविधालय जस्तो प्राज्ञिक क्षेत्रबाट भाग लिने कार्यलाई अपराध देख्ने प्रधानमन्त्री ओलीलाई संघले पूर्विय दर्शन र साहित्यमा नेपालको प्रतिनिधित्व गरी नेपाललाई विश्व सामु चिनाउनु कुन तवरले गलत हो भनि सोधेको छ।
वर्तमान सरकारका अधिनायकबादि शैलीको एउटा रुप नेपालको संस्कृत र संस्कृती माथिको प्रहारको रुपमा आएको उल्लेख गर्दै संघले उपकुलपति कोइराला प्रजातन्त्रबादी प्राध्यापक संघ समर्थक भएकै आधारमा विश्व संस्कृत सम्मेलनमा भाग लिनबाट बन्चित गरिनु र अपराधिलाई जसरी पक्राउ गरी नजरबन्दमा राख्नु लोकतन्त्रको उपहास भएको जनाएको छ।