arrow

४४० घर अन्धकारमा

logo
प्रकाशित २०७५ असार २५ सोमबार
light.jpeg

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको ३ र ४ नम्बर वडा अन्धकार बनेको छ । त्यहाँ रहेको ह्यातुङ चलबिद्युत आयोजनाको पावर हाउस पहिरोको जोखिममा परेकाले दुई वडाका ४ सय ४० घर तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

 स्थानीय ह्यातुङ खोलाबाट निकालिएको लघु जलबिद्युतको पावर हाउस भएको स्थान मुनिबाट पहिरो सुरु भएपछि तीन दिनदेखि बिद्युत आपूर्ति ठप्प भएको स्थानिय बिप्सन चौहानले जानकारी दिए । 

उक्त लघु जलबिद्युत एक दशकअघि निर्माण भई उपभोगमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ