लजमा बसेर अनैतिक काम गर्ने दुई युवतीसहित सात पक्राउ
प्रकाशित २०७५ असार २५ सोमबार
386
Shares
झापा । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको भ्यू पोइन्ट होटल एण्ड लजबाट सात जनालाई पक्राउ गरेको छ ।
आइतबार राति होटलमा रहेर सामाजिक मर्यादाक्रमविरुद्धका कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई युवतीसहित सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।