arrow

गुफामा थुनिएका थाइ किशोरलाई फिफाले दियो विश्वकप फाइनल हेर्ने निम्तो

logo
प्रकाशित २०७५ असार २५ सोमबार
thai-footballer.jpeg

काठमाडौं। थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई फिफाले विश्वकप फाइनल हेर्ने निम्तो दिएको छ। फिफा अध्यक्ष जियानी इन्फन्तिनोले विश्वकप फाइनल हेर्न  गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई निम्तो दिएका हुन्।

इन्फन्तिनोले गुफामा थुनिएका सबैको सकुशल उद्दार गरिने र आगामी १५ जुलाईमा हुने विश्वकप फाइनल हेर्न उनिहरुले पाउने आशा गरेको बताएका छन्।  विश्वकपको फाइनल रुसको मस्कोमा १५ जुलाईमा हुदैछ।

वर्षाले गर्दा गुफामा फसेका बालकहरु सोमबारसम्म सबै निकालिने गरी तयारी थालिएको छ। आइतबार फसेका १३ जनामध्ये ४ जनामात्र निकालिएको थियो।  १६ दिनदेखि गुफामा फसेका खेलाडीमध्ये १२ घण्टाको विशेष अप्रेशनपछि ४ जना निकालिएको छ।

सोमबार सकभर सबैलाई निकाल्ने गरी अप्रेशन थालिएको पनि उद्धार टोलीको योजना छ। यो अप्रेशनमा अमेरिका, बेलायत, जापान, चीन, अष्ट्रेलिया लगायत ९० गोताखोर सहभागी छन्। हजारौंको संख्यामा प्रत्यक्ष परोक्ष सहभागीता रहेको बताइएको छ । गत जुन २३ तारिखमा गुफा हेर्न गएका उनीहरु भारी वर्षापछि आएको बाढीमा फसेका थिए।

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ