arrow

हुँदै विश्वकप फुटबलको सेमिफाइनल, यस्तो छ अवस्था

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
russia-2018.jpg

काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगलबारदेखि शुरु हुँदैछ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दै छन् । 

यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स (घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, इंगल्याण्ड(घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६ को विजेता) र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । 

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । 

त्यसैगरी यता इंगल्याण्डले स्वीडेनलाई २–० तथा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा पछिल्लो कालमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् । 


फ्रान्स र बेल्जियम निरन्तर लयमा रहेका छन् । टिम फर्ममा रहेकाले यो राति ११ः४५ बजे हुने खेल निकै रोचक हुने आशा गरिएको छ । 

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंगल्याण्डले क्रोएसियाको सामना गर्दैछ । पछिल्लो कालमा इंगल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ