arrow

इंगल्याण्ड र क्रोएसियाको खेल खेलाउने यी हुन् रेफ्री

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
referee-cuneyt-cakir.jpg

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति ११ः४५ बजे इंगल्याण्ड र क्रोएसिया खेल्दैछन् । खेलमा रेफ्रीको भूमिका अहम् हुन्छ । 

यो खेलमा टर्किश रेफ्री केनेट काकिरले मुख्य रेफ्रीको भूमिका निभाउँदैछन् । ४१ वर्षीय काकिरले यसअघि दुई समूहका खेल खेलाएका थिए । 

उनले इरान र मोरोक्कोबीचको खेल पनि खेलाएका थिए । जुन खेलमा इरान १–० ले विजयी भएको थियो । 

त्यसैगरी अर्जेन्टिना र नाइजेरिया बीचको खेल पनि यिनैले खेलाएका थिए । यो खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदै राउन्ड अफ सिक्सटिनमा पुगेको थियो । 

काकिरले यो खेलमा नाइजेरियाका कप्तान जोन ओबी मिकेलबाट चर्को आलोचना खेपेका थिए । 

यो खेलमा उनले नौ वटा पहेंलो कार्ड देखाएका थिए । The 41-year-old has been the man in the middle for two group matches at the tournament

लामो समयपछि सेमिफाइनलमा पुगेका दुवै इंगल्याण्ड र क्रोएसिया बीचको खेल निकै महत्वपूर्ण छ । 

दुवैलाई फाइनल पुग्ने सुवर्ण अवसर पनि रहेको छ । यस्तोमा ४१ वर्षे युवा रेफ्रीले कस्तो भूमिका खेल्लान् त ।

काकिरले च्याम्पियन्स लिगमा इंगल्याण्डका जोन टेरीलाई सन् २०१२ मा रातो कार्ड देखाएका थिए । 

Cakir sent off John Terry in Chelsea's Champions League semi-final win over Barcelona in 2012 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ