arrow

फ्रान्स बलियो कि बेल्जियम, कुन खेलाडी चम्केला –एमबाप्पे कि लुकाकु 

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
france-belgium.jpg.jpg

काठमाडौं । रुस विश्वकप फुटबल अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ । यो खेलमा बेल्जियम र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । 

नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा बुधबार हुने इंगल्याण्ड र क्रोएसियाको खेलको विजेतासँग फाइनल खेल खेल्नेछ । 

मंगलबार हुने सेमिफाइनल खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यो खेलमा जित हासिल गर्ने टोलीका लागि यो निकै गर्विलो इतिहास हुनेछ । फ्रान्स सन् २००६ पछि पहिलोपटक सेमिफाइनलमा पुगेको हो भने बेल्जियमले सन् १८८६ पछि पहिलोपटक सेमिफाइनलको टिकट काटेको हो । जसको कारण यी दुवै टोलीहरुलाई मंगलबारको खेलमा जित हासिल गर्दै इतिहास बलियो बनाउने अवसर हुनेछ । 

फ्रान्स सन् १९९८ को विश्वकप विजेता टोली हो । सन् २००६ मा भएको विश्वकपमा पनि यो टोली फाइनलमा पुगेको थियो तर फाइनलमा इटालीसँग पराजित भएको थियो । यो टोली दुई वर्षअघि भएको युरोकपको पनि फाइनलमा पुगेको टोलीले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । 

दुई वर्षअघिको फाइनलमा पुगेर पनि युरोकप बचाउन नसकेको पीडा भुलाउनका लागि  समुह चरणमा डेनमार्कसँग बराबरी बाहेक स्पष्ट जित हासिल गर्दै अन्तिम १६ मा प्रवेश गरेको टोलीले अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो । 

क्वार्टरफाइनलको खेलमा पनि उसले उरुग्वेलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो टोलीका युवा खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको कारण पनि उसको टोली सन्तुलित अवस्थामा रहेको देखिएको हो । 

यो टोलीका कायलिन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानजस्ता फरवार्डहरु उत्कृष्ट लयमा रहँदा रक्षापंक्ति पनि राम्रो देखिएको छ । जसको कारण कुनै पनि टोलीका लागि फ्रान्स हराउनु बेल्जियमका लागि मंगलबारको खेलमा ठुलो चुनौती बन्नसक्छ । 

बेल्जियम पनि निकै अहिले राम्रो लयमा देखिएको छ । यो विश्वकपको सुरुवातदेखि नै उसले आफुनो क्षमताबाट सबैलाई चकित पार्दै आएको थियो । 

समुह चरणको सबै खुलमा स्पष्ट जित हासिल गरेको टोलीले अन्तिम १६ को खेलमा जापानलाई उत्कृष्ट पुनरागमन गर्दै हराएको टोलीले क्वार्टरफाइनलमा पाँच पटकको विश्वविजेता टोलीको चुनौती पार लगाएको थियो । 

जसको कारण पनि यो टोलीमा पूर्ण आत्मविश्वास भरिएको छ । यो टोलीका सबै खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । समुहचरणको खेलमा रोमेलु लुकालुको प्रदर्शन उत्कृष्ट देखिएको टोलीमा पछिल्ला खेलहरुमा भने डि ब्रुयानेलगायतका अन्य खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको देखिएको छ । 

यो टोलीमा क्षमतावात् खेलाडी, आवश्यक गति र विपक्षीको रणनीति बुझेर खेल पस्किने क्षमता रहेको छ । जसको कारण बेल्जियमले पहिलोपटक विश्वकपको उपाधि हासिल गर्नसक्छ । मंगलबारको खेलमा उसलाई हराउनु पनि फ्रान्सको लागि ठुलै चुनौती हुनेछ । 

लाइन अप 
मंगलबारको खेलमा फ्रान्सले विपक्षी टोलीको आक्रमणलाई ध्यानमा राख्दै चारजना खेलाडीहरु रक्षापंक्तिमा राख्नसक्छ भने दुई जना खेलाडीहरु मध्यभागमा रहने किसिमको रणानीति बन्न सक्छ । 

सबैभन्दा अगाडि एक फरवार्ड खेलाउँदा त्यो भन्दा तल थप तीन खेलाडीहरुसहितको टोली मैदानमा उत्रिनसक्छ । जसअनुसार उसले ४–२–३–१ को संरचनामा आफ्नो टोली मैदानमा उतार्नसक्ने देखिन्छ । 

बेल्जियमको टोलीले भने मंगलबारको खेलमा विपक्षीको रणनीतिअनुसार नै आफ्नो टोली मैदानमा उतार्नसक्छ । फ्रान्सले यो लाइनअप खेलाएको खण्डमा उसको खेल आक्रामक हुने भएकाले बेल्जियमले रक्षापंक्तिमा चार र सोभन्दा अगाडि तीन गरी सातजना खेलाडीहरुलाई रक्षापंक्तिमा खेलाउने छ भने सबैभन्दा अगाडि एक खेलाडी रहँदा बाँकी दुई खेलाडीहरु त्यसभन्दा केही पछाडि रहनेछन् । जसअनुसार ४–३–२–१ को संरचनामा बेल्जियमको टोली मैदानमा उत्रिन सक्छ । 

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीहरुको बीचमा ७३ पटक भेट भइसकेको छ । जसमा २४ पटक फ्रान्स विजयी भएको छ भने ३० पटक बेल्जियमले जित हासिल गरेको छ । बाँकी १९ खेलहरु बराबरीमा सकिएका छन् । सन् १९८६ पछि भने विश्वकपमा यी दुई टोलीहरुको बचिमा अहिलेसम्म भेट भएको छैन । सन् १९८६ को तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सले बेल्जियमलाई पराजित गरेको थियो । 

प्लेयर्स टु वाच 
एन्गोले कान्टे (फ्रान्स) 

फ्रान्सको टोलीमा कायलिन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र पाउल पोग्वाजस्ता खेलाडीहरु भएकोमा मंगलबारको खेलमा एन्गोलो कान्टेको भूमिका पनि महत्वपूर्ण बन्नसक्छ । चेल्सीका यी मिडफिल्डरको काम मंगलबारको खेलमा आफ्नो सन्तुलन नबिगार्नु रहने छ । साथै कान्टे विपक्षीको रक्षापंक्तिको बीचबाट बललाई पार गराउन पनि सक्ने भएकोले यी फ्रान्सलाई उनको खेल निकै महत्वपूर्ण बन्नसक्छ । 

रोमेलु लुकाकु (बेल्जियम)
बेल्जियमको टोलीमा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ । समुह चरणको सुरुवाती दुई खेलमा चार गोल गरेका यी खेलाडीले त्यसयता उनले गोल गर्न नसकेका भए पनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेका छन् । सही समयमा सही पास मिलाउने र गोलको अवसर सिर्जना गर्ने मामिलामा लुकाकु सबैभन्दा अगाडि छन् ।

There is very little difference between goalkeeping options Thibaut Courtois and Hugo Lloris

France captain Hugo Lloris has led Les Bleus to another major semi-final

Thomas Meunier has been solid for his country

Benjamin Pavard is a breakout star

Toby Alderweireld has impressed for Belgium

Raphael Varane is growing as a player

Vincent Kompany is a top quality centre back when fit and on the pitch

Samuel Umtiti is an equally excellent defenderJan Vertonghen is not a natural left-back

Lucas Hernandez is more comfortable there

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ