arrow

मेस्सीलाई रोकेको क्रोएसियाले केनलाई पनि रोक्नसक्छ : प्रशिक्षक 

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
harry-kane.jpg

काठमाडौं । क्रोएसियाको फुटबलका प्रमुख प्रशिक्षकले अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीलाई रोकेको टोलीले ह्यारी केनलाई पनि रोक्ने बताएका छन् । बुधबार क्रोएसियाले दोस्रो सेमिफाइनल खेलमा इंगल्याण्डको सामना गर्दैछ । प्रशिक्षक डालिकले आफ्नो टोलीका लागि इंगल्याण्डका कप्तान ह्यारी केन र रहीम स्टर्लिङ खतरा साबित हुनसक्ने भए पनि आफूहरु इंगल्याण्डसँग नडराएको बताएका छन् ।  उनले भने, “हामीलाई आफ्नो क्षमतामा पूर्ण भरोशा छ र हामी इंगल्याण्डसँग डराउँदैनौं ।” 

डालिकले ह्यारी सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् जसको कारण उनलाई रोक्नु सहज भने नहुने बताए । त्यसका लागि आफूहरुले सेन्टर ब्याकलाई रोक्ने योजना बनाएको बताए । मेस्सीलाई पनि आफूहरुले त्यसरी नै रोकेको कारण बुधबारको खेलमा पनि केनलाई रोक्ने उनको विश्वास थियो ।  

डालिकले इंगल्याण्ड बलियो टोली रहेको बताए । उक्त टोली सेमिफाइनलमा पुगिसकेको कारण उसको क्षमता के हो भनी स्पष्ट भएको उनको भनाइ थियो । उनले इंगल्याण्डले आफूहरु निकै तीव्र गतिमा फुटबल खेल्नसक्ने टोली रहेको साबित गरिसकेको उनको भनाइ थियो । साथै इंगल्याण्डका खेलाडीहरु कर्नरबाट निकै घातक सिद्ध हुनसक्ने उनको भनाइ थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ