arrow

फ्रान्समा निस्किएको विशाल खुशीयाली

logo
प्रकाशित २०७५ असार २७ बुधबार
france-cheers.jpg

काठमाडौं। खुशी के हो ? यसको जवाफ दिन सजिलो छैन। तर सोचेको पुगेपछि जब मानिसका अंगहरु चलायमान हुन थाल्छन् तब खुशी झल्किन्छ। अनुहारसंगसंगै शरीरका अंगहरु आफ्नै शैलीमा खुशी हुन्छन्। त्यही खुशीमा मस्त रमेका छन् फ्रान्सका नागरिकहरु। विश्वकप फुटबलको फाइनलमा फ्रान्स पुगेसंगै राजधानी पेरिसले खुशी फुत्कायो। अंगअंग चलायो। सडकमा मानिसहरुको त्यो खुशीले विश्वलाई नै खिच्यो। 

विश्वकप फुटबलको सेमिफाइनलमा मंगलबार राति बेल्जियमलाई हराउँदै १२ वर्षपछि जब फ्रान्स फाइनलमा पुग्यो तब पेरिसले आफ्नो खुशी रोक्न सकेन। हजारौं फ्रान्सका नागरिक सडकमा ओर्लिए र खुशी साटे। सन् १९९८ मा आफ्नै घरमा भएको विश्वकप उचालेको फ्रान्स सन् २००६ को फाइनलमा पराजित भएको थियो। त्यसपछि पहिलो पटक विश्वकप जित्नका लागि फ्रान्स तम्तयार छ। 

आइतबार हुने फाइनलमा फ्रान्सको भेट इङ्ल्याण्ड वा क्रोएसियासंग हुनेछ। सेमिफाइनल जित्दा त यसरी खुलेको पेरिस उपाधि नै जित्यो भने के सम्म गर्ने होला त्यो पनि प्रतिक्षामै रहने भयो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ