arrow

ईङल्याण्डलाई पन्छाउँदै क्रोएसिया विश्वकप फुटबलको फाईनलमा

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
Croatia_England.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा क्रोएसिया पुगेको छ। दोस्रो सेमीफाईनलमा ईङल्याण्डलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया ईतिहासमा पहिलो पटक फाईनलमा पुगेको हो। 

राम्रो फुटबल खेलिरहेको ईङल्याण्डको टोलीलाइ स्तब्ध पार्दै क्रोएसियाले फाईनलमा फ्रान्सको सामना गर्नेछ । यसअघि सन् १९९८को विश्वकपमा सेमीफाईनलमा पराजित भएको क्रोएसिया पहिलो पटक फाईनल पुगेको हो। 

खेलको ५औं मिनेटमा कियरन ट्रिप्पीयरले फ्रिकीक मार्फत गोल गर्दै ईङल्याण्डलाई १-०को अग्रता दिलाएका थिए। पहिलो हाफमा ईङल्यान्डले सबै क्षेत्रमा आफ्नो बर्चस्व कायम राखेका थिए। केही राम्रा आक्रमणहरु गरेका भए पनि ईङल्याण्डले थप गोल गर्न सकेन। 

दोस्रो हाफमा क्रोएसिया आक्रमक रणनीतिका साथ मैदानमा ओर्लेको थियो। क्रोएसियाले दोस्रो हाफ आफ्नो नियन्त्रणमा राखेको थियो। ईङल्याण्डलाई खासै आक्रमण गर्न नदिएको क्रोएसियाले ६८औं मिेटमा ईभान पेरिसिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

९० मिनेटको खेल बराबरीमा सकिए पछि थपिएको ३० मिनेटमा दुवै पक्षबाट केही राम्रा आक्रमणहरु भए पनि खेलको १०९औं मिनेटमा क्रोएसियाका मारियो मान्ड्जुकीचले गोल गर्दै अग्रता २-१ बनाएका थिए। 

ईङल्याण्डले तेस्रो स्थानकालागि बेल्जियमसँग खेल्नेछ भने क्रोएसिया र फ्रान्सले उपाधिकालागि खेल्ने छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ