arrow

नम्बर १३ ‘लक्की’ कि ‘अनलक्की’ 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
croatia.jpg

काठमाडौं । क्रोएसियाले पहिलो पटक विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको क्रोएसियाले त्यतिबेलै सेमिफाइनलमा ठाउँ बनाएको थियो । 

तर क्रोएसिया त्यतिबेला विश्वकप विजेता फ्रान्ससंग सेमिफाइनलमा पराजित भएको थियो । क्रोएसियाले चौथो स्थानमै चित्त बुझाएको थियो । 

तर २० वर्षमा क्रोएसियाले फाइनलमा पुगेर कीर्तिमान रचेको छ क्रोएसियाले सेमिफाइनलमा बिहिबार बिहान इंगल्याण्डलाई २–१ ले पराजित गर्यो । 

यो जितले धेरै कीर्तिमान राखेको छ । तीमध्ये हो विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया १३ औं राष्ट्र बनेको छ । 

युरोपतिर १३ नम्बरलाई लक्की मानिँदैन । तर क्रोएसिया यो विश्वकपमा लक्की सावित हुँदै आएको छ । 

पाँचौं पटक युरोपेली राष्ट्रहरुबीच भएको सेमिफाइनलमा क्रोएसियाले अतिरिक्त समयमा गोल गरेर अर्को कीर्तिमान रचेको छ । 

विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि टिमले सेमिफाइनलमा अतिरिक्त समयमा गएर पेनाल्टी बिना नै खेल जितेको रेकर्ड थिएन । 
फाइनलमा क्रोएसियाले आइतबार फ्रान्ससंग खेल्नेछ । र बदला लिने राम्रो अवसर पनि छ । किनकि सन् १९९८ को विश्वकपमा फ्रान्सले क्रोएसियालाई सेमिफाइनलमा हराएको थियो । 

बदला लिन सफल भयो भने क्रोएसियाले पहिलो उपाधि जित्नेछ र अर्को कीर्तिमान रच्नेछ । 

तर युरोपेली राष्ट्र अनि १३ औं टिम फाइनलमा । यो लक्की सावित हुन्छ कि अनलक्की ? यदि क्रोएसिया विजयी भयो भने १३ नम्बरको ‘अलच्छिन’ नम्बरले पनि सम्मान पाउने छ । यरोपेलीमा रहेको त्यो भ्रमको पर्दा पनि च्यातिने छ । 

यदि फ्रान्स नै विजयी भयो भने नि ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ