arrow

विश्वकप जित्ने संघारमा २७ वर्षे तन्नेरी मुलुक 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
croatia.JPG

काठमाडौं। बुधबार भएको रुस विश्वकपको दोस्रो सेमिफाइनलमा हारको सामना गरेसँगै इंगल्याण्डको दोस्रोपटक उपाधि जित्ने सपना सकिएको छ । दोस्रोतर्फ क्रोएसियाले ऐसितहासिक सफलता हासिल गरेको छ ।

बुधबारको खेलसँगै क्रोएसियाको टोलीमा उनीहरुमा रहेको फुटबलको क्षमता प्रस्तुत गरेका छन् । सेमिफाइनलको खेल हुनुभन्दा अगाडि बेलायती सञ्चारमाध्यमहरुले क्रोएसियालाई कमजोर आँकलन गर्दै होच्याउने किसिमको समाचारहरु प्रशारण गरेका थिए र यस विषय क्रोएसियाले आपत्तिसमेत प्रकट गरेको थियो । 

बुधबारको खेलबाट भने क्रोएसियामा धेरैको ध्यान आकर्षित भएको छ । क्रोएसिया ५० लाखभन्दा कम जनसंख्या भएको मुलुक हो । यो टोलीबाट खेलेर अहिलेको अवस्थामा आइपुग्नु उनीहरुका लागि निकै ठुलो उपलब्धि हो । यसअघि क्रोएसियालाई साना मुलुकहरुको सूचीमा राखिने गरिएको थियो । ठुला टोलीहरुलाई कसरी पार लगाउला भन्ने आशंकाहरुको बीचमा क्रोएसियाले यो विश्वकपमा आशा गरिएभन्दा राम्रो प्रदर्शन गर्न सफल भयो। 

क्रोएसियाको फुटबलका लागि डाइनामो जाग्रेब एक पावरहाउस क्लब हो । जहाँबाट उच्चस्तरीय खेलाडीहरु उत्पादन हुने गरेका छन् । यो टोलीका २२ मध्ये १३ खेलाडीहरु सोही क्लबका रहेका छन् । जसमा लुका मोड्रिकजस्ता खेलाडीहरु पनि समावेश छन् । यदि जाग्रेबलाई क्रोएसिया फुटबलको श्रेय दिने हो भने यो टोलीमा देखिएको समस्याको जिम्मेवारी पनि यो क्लबले लिनुपर्ने हुन्छ। वास्तवमा क्रोएसियाको फुटबलका पूर्व अधिकारीहरुको बीचमा केही विवादहरु पनि देखिएका छन्। पूर्व अधिकारीको विषयलाई लिएर क्रोएसियामा सन् २०१६ को युरोकपमा पनि समस्या देखिएको थियो । जसको कारण फ्रान्समा भएको युरोमा क्रोएसियाका समर्थकहरुले टोलीमाथि आक्रोश पोखेका थिए । 

त्यसका साथै टोलीमा क्रोएसियाका कप्तान मोड्रिक र डेजन लोभरेनकोबीचमा देखिएको प्रतिस्पर्धाले पनि अर्को विवादको रुप लिनपुग्यो । दुवैजना एकअर्कालाई नमान्ने अवस्थामा पुगे । यद्यपि पूर्वअधिकारीको विवादसँगै यो विवाद पनि केही कम हुँदै गयो । यस किसिमको विवादबाट टोलीमा निराशा आउनुको सट्टामा उनीहरुले पाठ सिकेर अघि बढे, जसको प्रतिफल अहिलेको विश्वकपमा देखिएको छ। इंगल्याण्डलाई सेमिफाइनलमा हराउनु उनीहरुको महत्वपूर्ण चरण हो । 

क्रोएसियाले विभिन्न किसिमको द्वन्द्व तथा विवादको सामना गरिसकेको छ । युगोस्लोभाकियाबाट छुट्टिने क्रममा यो मुलुकमा चर्किएको युद्धले मुलुकलाई क्षतविक्षत बनाएको थियो । यो टोलीमा सबैजसो खेलाडीहरु निकै कठिनाइका साथमा यो स्थानमा आइपुगेका छन् । यस्तोमा अहिले हासिल भएको सफलताले भने उनीहरुको पीडालाई केही कम गर्नसक्ने केही फुटबल विश्लेषकहरु बताउँछन् । 

क्रोएसिया १९९१ मा स्वतन्त्र मुलुक बनेको हो । स्वतन्त्र भएको २७ वर्षमै यो मुलुकले फुटबलमा महत्वपूर्ण सफलता भने हासिल गरिसकेको छ । त्यसयता मुलुकले खेल क्षेत्रमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको हो । यसअघि सन् १९९८ मा मुलुकले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । डेभोर सुकरको मार्ग पछ्याउँदै अघि बढेको टोली यसपटक भने विश्वकपको फाइनलमा पुगेको छ । उपाधिका लागि उसले फ्रान्सको सामना गर्दैछ । यो युवा मुलुक यसपटक विश्वकपको उपाधि उचाल्ने मुलुक पनि बन्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ