आँगन बढार्दै गर्दा लाग्यो चट्याङ्गले, ठाँउका ठाँउ गयो ज्यान
प्रकाशित २०७५ असार २८ बिहिबार
681
Shares
कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिका ८ परसुरामपुरमा चट्याङ्ग लागेर १ महिलाको मृत्यु भएको छ । ६४ बर्षिय सोमकली केवटलाई आगन बढारदै गरेको बेला चट्याङ्ग लागेर उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घटना प्रति दुःख जनाउदै वडा अध्यक्ष कपिलवदेव तिवारीले मृतक आत्माको चिर शान्तिको कामना गर्दे शोकाकुल परिवार जन प्रति धैयधारण गर्ने क्षमता प्रदान होस भनी एक शोक विज्ञप्ती जारी गरेका छन् ।