arrow

भक्तपुर क्षेत्रमा १० घण्टाको अवधिमा १ सय २९.६ मिलिमिटर वर्षा 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
bhaktapur2.jpg

भक्तपुर । भक्तपुर क्षेत्रमा १० घण्टाको अवधिमा १ सय २९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । भक्तपुर र आसपास रहेका विभिन्न वर्षामापन केन्द्रहरुको मापनअनुसार भक्तपुरमा १ सय २९ दशमलव ६ मिलिमिटर वर्षा भएको  हो । 

यो मापन वुधबार बेलुकीदेखि बिहीबार सम्मको रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भक्तपुरमा पछिल्लो ४ वर्षमा योसहित २ वटा ठुला बाढीका घटना भएका छन ।

१०० किलोमिटर स्क्वायर भन्दा ठुलो क्षेत्रमा फैलिएको जलाधारको लागि त्यसमा प्रबाह हुन सक्ने बहाबको सहि मुल्यांकन नगरी संरचनाहरु निर्माण हुनु र नदी संकुचन भएकाले पनि बाढीले क्षति पुगेको हो ।  

यसैगरी, नगरकोटमा १ सय १७ मिलिमिर, गोदावरीमा १ सय १५ दशमलव ८ मिलिमिटर र चागुनारायणमा ७६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

वर्षापछि पहिरो खस्दा चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा एउटा टहरो पुरिएको थियो। टहरो पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको भक्तपुर महानगरीय प्रहरी परिसरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । वर्षापछि हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले तटीय क्षेत्र डुबानमा परेको छ ।

उपत्यकामध्ये भक्तपुर क्षेत्रमा भारी वर्षा पछी मनोहरा नदीमा ज्यादै उच्च बहाब भैरहेको छ ।  तटीय ठुलो क्षेत्रमा बेलुकी सम्मै डुवानको जोखिम देखिन्छ । विष्णुमती, नख्खु, बागमती लगायतमा भने बहाबले खतरा पार गरेको बाढी सर्तकता केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ