काठमाडौं। डेढ हजार भारतीयलाई पानी दिएर नेपालले बचाउँदै आएको छ। पानी नपाएर नदी पार गरेर जंगल काटेर भारतीय नेपाल आएर पानी लिएर फर्कने गर्छन्। वर्षौंदेखि यसरी नै उनीहरु नेपाल आउँछन् र पानी लिएर फर्कन्छन्। जसका लागि उनीहरु दिनको दुई पटक आउने जाने गर्छन्।
भारतको बिहारको बेतिया जिल्लामा रहेको भिक्नाठोरी गाउँ जुन नेपाल भारत सीमामा पर्छ। त्यहाँका वासिन्दाहरु नदी पार गरेर नेपाल आएर ज्यान जोखिममा पारेर पानी लैजान्छन्। दुःखको कुरा अधिकांश विद्यार्थीले त्यही पानीका लागि पढ्नै छाडिसकेका छन्। बाबुआमाको दुःख देखेर उनीहरु पनि पढ्न छाडेका हुन्।
भारत प्रशासनले भने ग्रामिण भेग भएकाले पानीका लागि व्यवस्था गर्न नसकिएको बताएको छ। पानीका लागि पम्प पनि छैन। भएका पम्पमा पानी आउँदैन। प्रशासनको नालायकीपनले नै वाध्य भएर उनीहरु नेपाल आउँछन् र पानी लैजान्छन्। त्यहाँको पन्नाई नदी पनि सुक्ने गर्छ। तर वर्षात्मा पानी नदीमा आउँदा भने त्यही नेपाल जान पनि सकस हुने गर्दछ। त्यही फोहर पन्नई नदीको पानी नै पिउन वाध्य हुन्छन्।
सामान बाहिरबाट ल्याउनु पर्ने भएकाले समस्या भएको प्रशासन भन्छ। ‘हरघर नल’ नारा लगाए पनि मुख्यमन्त्री नितिश कुमारले बिहारका ती जनतालाई पिउने पानी दिन नसक्नु कत्तिको दुर्भाग्य। भारतको दिल्लीमा बढिरहेका ठूला भवनका कारण त्यहाँ सन् २०२० देखि त्यहाँ पानी हुने छैन। भारतका २१ शहरमा पानी सुक्नेछ।
भारतीय एक रिपोर्टका अनुसार भू–जलस्तर ५० मिटरभन्दा तल पुगिसकेको छ। सन् २०३० सम्म भारतका अधिकांश भागमा पानीको संकट हुनेछ।
नेपाललाई खतरा
पानीका लागि भारतले नेपाललाई दुःख दिइरहेको छ। महाकाली र कोशीको पानीका कारण नेपाली सधै संकटमा छन्। पानी नभएका बेलामा लैजाने र बाढी आएका बेलामा ढोका नखोलिदिने समस्या वर्षौंदेखि चलिरहेको छ। तर पछिल्लो समयमा भारतले नेपालका नदीनालामाथि गहिरो नजर राखेको छ। उसले कुनै पनि हालतमा नेपालीलाई सुख्खामा पारेर पानी लैजाने खतरा बढेको छ। यसका लागि भारतले वर्तमान सरकारलाई विभिन्न प्रलोभन दिएर फकाइरहेको उच्च स्रोत बताउँछ।
बेलैमा यो सरकारले सोचेन भने नेपालीहरु फेरि अर्को चपेटामा पर्नेछन्। त्यतिबेला भारतको सीमा नजिक भएका नेपालीले सहजै अहिले भारतीयले नेपाल आएर पानी लगेजस्तो लैजान पाउने छैनन्।
मोदीको कुरामा गम्भीर भएको खोइ ?
भारतीय प्रधानमन्त्री नेपालको संसदमै आएर भनेका थिए नेपाली पानी बगेर जान्छ। त्यसलाई सदूपयोग गर्नुपर्छ। उनले घुमाउरो पारामा त्यसको सदूपयोग हामीले गर्ने हो भनेरै गए। तर त्यसलाई गम्भीर रुपमा लिइएको छैन। उनले भनेका थिए ‘पानी र जवानी टिक्दैन।’ ठट्टामा उनले संसदको माहोल हाँसोमा बदले। तर कोही पनि सांसद गम्भीर भएनन्। भारतले सानो निहुँमा ठूलो बबण्डर गर्दै आएको छ। अनावश्यक नाकाबन्दी लगाएर नेपालीमा छट्पटीमा पारेको धेरै भएको छैन।
तर सरकार गम्भीर भएन। अहिले केपी शर्मा ओली नेतृत्वको सरकार मोदीप्रति बढी नै बफादार भएको बुझिन्छ। त्यही बफादारीले कतै नेपालको जल भारतकै त हुने होइन ?