arrow

अवसर खेर जान दिँदैनौं : जिरु 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
giroud.jpg

काठमाडौं । फ्रान्समा फरवार्ड ओलिभर जिरुले आफूहरु विश्वकपको फाइनलको तयारीमा रहेको र यो अवसरलाई खेर जान नदिने बताएका छन् । 

सन् २०१६ को युरोकपमा टोली फाइनलमा पुगेर पनि उपाधि हासिल गर्नबाट बञ्चित रहेको भए पनि यसपटकको विश्वकपको उपाधि हासिल गरेरै घर फर्किने लक्ष्यका साथमा टोलीको तयारी भइरहेको उनले बताए । दुई वर्षअघि आफ्नै घरमा आयोजना भएको युरोकपको फाइनलमा पुगेको टोली पोर्चुगलसँग हार्दै उपाधि हासिल गर्नबाट बञ्चित भएको थियो । 

पहिलो खेलबाहेक फ्रान्सको टोलीमा अटाउँदै आएका जिरुडले अन्तर्राष्ट्रियस्तरको यस किसिमको उपाधिको लागि टोलीले अब अर्को मौकाको प्रतीक्षा नगर्ने बताए । उनले फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमजस्ता मुलुकहरुलाई पछि पार्दै यो स्थानमा पुगेकोले पनि टोलीमा बलियो आत्मविश्वास रहेको बताए । 

जिरुले अब आफूहरु महत्वपूर्ण सफलताभन्दा केवल एक खेल टाढा रहेकाले यो खेल गुम्न नदिने पक्षमा रहेको बताए । आफूहरुको पूरा ध्यान आइतबारको खेलमा रहेको उनको भनाइ थियो । उनले खेल जित्नका लागि क्षमता मात्र पर्याप्त नरहेको बताए। उनका अनुसार खेल जित्नका लागि मानिसहरुको मानसिक अवस्थाले ७० प्रतिशतको काम गर्ने उनको भनाइ छ । खेलमा साथीहरुसँगको समन्वयको भूमिका पनि अहम हुने उनले बताए । 

चेल्सीका स्ट्राइकर जिरुले अहिलेसम्म रुस विश्वकपमा कुनै गोल गर्न सकेका छैनन् । यद्यपि उनलाई टोलीमा आफ्नो भूमिका निकै महत्वपूर्ण छ भन्ने कुरा थाहा छ। उनले बेल्जियमविरुद्ध आफूले चाहेअनुसारको खेल प्रस्तुत गर्न नसकेको तर फाइनल खेलमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउने तयारी गरिरहेको उनले बताए । 

सन् १९९८ को विश्वकपमा पनि फ्रान्सका स्ठेफेन ग्युभार्कले निकै राम्रो खेल खेलेको तर कुनै गोल गर्न नसकेको कुरालाई स्मरण गराउँदै उनले यो विश्वकपमा पनि आफ्नो भूमिका त्यस्तै बन्न पुगेको जिरुको भनाइ छ। उनले यो विश्वकपमा ती गोलमा सहयोगीको भूमिका निर्वाह गरेका छन् । यो विश्वकपमा आफूबाट कुनै गोल नभए पनि खासै दुःख नलाग्ने तर आफू टोलीप्रति पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ