arrow

एमबाप्पे र ग्रिजम्यानलाई रोक्ने क्रोएसियाको विश्वास

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
france7.jpg

काठमाडौं । क्रोएसियाका प्रशिक्षक ज्लाट्को ड्यालिकले आफ्नो टोलीले विश्वकपको फाइनल खेलमा फ्रान्सलाई हराउने दाबी गरेका छन् । आइतबार हुने विश्वकपको फाइनल खेलका लागि आफूहरु तयार रहेको उनले बताएका हुन् । 

ड्यालिकले आफ्नो टोलीले विश्व फुटबलका हस्ती मानिएका लियोनेल मेस्सी र ह्यारी केनजस्ता खेलाडीहरुलाई रोक्न सक्यो भने अबको खेलमा एमबाप्पे र ग्रिजम्यानजस्ता खेलाडीलाई पनि रोक्नसक्ने बताएका हुन् । 

सेमिफाइनलमा क्रोएसियाले इंगल्याण्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यससँगै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यो टोलीले समुह चरणको खेलमा अर्जेन्टिनालाई पनि ३–० गोलले पराजित गरेको थियो । उसले नकआउट चरणमा डेनमार्क र रसियालाई पेनाल्टि सुटआउटमा पराजित गरेको थियो । 

ड्यालिकले आइतबारको खेलमा पनि कायलिन एमबाप्पे र एन्टोनी ग्रिजम्यानजस्ता खेलाडीहरुलाई रोक्नसक्ने विश्वास व्यक्त गरे । उनले क्रोएसियाले अझै पनि राम्रो खेलिरहेको बताए ।

ड्यालिकले यसअघिका खेलहरुमा पनि धेरै चुनौतीहरुको सामना गर्दै आएको र आगामी खेलको चुनौती सामना गर्नको लागि पनि तयार रहेको बताए ।

फ्रान्सले भने आफ्नो सेमिफाइनलको खेलमा बेल्जियमलाई हराएको थियो । यससँगै आइतबारको फाइनलका लागि उसले आफ्नो भेट पक्का गरेको हो । क्रोएसियाका लागि आइतबारको खेलमा इमान राकिटिक महत्वपूर्ण खेलाडी साबित हुनसक्छन् । सेमिफाइनलमा इंगल्याण्डलाई हराउनका लागि उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सेमिफाइनलको खेलअघि राकिटिक ज्वरोको कारण अस्वस्थ रहेको भए पनि मैदानमा उत्रिएर निकै राम्रो प्रदर्शन गरेका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ