arrow

गंगामायाले अनशन तोडिन, अनुपराजले जुश खुवाए, कानुनमन्त्रीले प्रतिबद्वता जनाए

माग पूरा नभए १० दिनभित्र अनशन बस्ने चेतावनी

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
anupraj-gangamaya.JPG

काठमाडौं। अनशनरत गोरखाको फुजेलकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन्। छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेकी अधिकारीलाई राष्ट‍्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाए। 

साथमा पुगेका कानूनमन्त्री शेरबहादुर तामाङले छोराको हत्यामा संलग्नलाई कारवाही गर्ने र परिवारका सदस्यको जीविकोपार्जन लगायतका माग पूरा गर्ने लिखित प्रतिवद्धता जनाए। मन्त्री तामाङलाई १० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाले चेतावनी दिएकी छिन् ।

२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बस्दै आएकी थिइन् । 

अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । 

अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ