बुटवल । घरेलु हिंसामा पुरुष समेत शिकार हुने गरेको बुटवलमा आयोजित कार्यक्रमका सरोकारवालाले बताएका छन् । घरेलु हिंसा भन्ने वित्तिकै महिला हिंसाका विषयले प्राथमिकता पाउने भएतापनि पछिल्लो समय घरेलु हिंसामा पुरुष समेत पर्ने गरेको गुनासो आउने गरेको सरोकारवालाले बताएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इनरव्हील क्लव अफ बुटवलको संयुक्त आयोजनामा भएको कार्यक्रममा आयोगका निमित्त प्रमुख चन्द्रकान्त चापागाईले हिंसा महिला पुरुष दुबैमा हुने तर महिला हिंसाका घटना बढी बाहिरिने गरेको बताए । उनले सबै खाले हिंसा न्यूनिकरणका लागि आयोगले चेतनामुलक कार्यक्रम गर्दै आएको बताए ।
इनरव्हील क्लव अफ बुटवलका अध्यक्ष मुना जोशिको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर गोमादेवी आचार्यले नगरभित्र हुने सबैखाले हिंसा कम गर्नका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रम संचालन गरेको बताईन् ।