arrow

विश्वकप खेलाउने रेफ्रीले कति रकम थाप्छन् ?

विश्वकप फाइनल खेलका अर्जेन्टिनी रेफ्री नेस्तर पिताना

logo
प्रकाशित २०७५ असार ३० शनिबार
refree.JPG

काठमाडौं ।  साह्रै अपजसे काम हो फुटबलको रेफ्री बन्ने काम । खेल अबधिभर न एकछिन थकाइ मार्न पाउने, न जस नै पाउने । फलानो टिमलाई सपोर्ट गर्‍यो, फेयर खेल खेलाएन, फ्री किक दिनु पर्ने, पेनाल्टी दिनु पर्ने, कार्ड देखाउनु पर्ने बायस भयो भनेर नानाथरी गाली पनि खानु पर्ने ।

बरु खेलाडीले आफनो वरपर बल नआएको बेलामा थकाइ मार्न पाउँछन्। तर मैदानमा खटिएको रेफ्रीले त खेल रोकिएको समय बाहेक कुदेको कुद्यै गर्नुपर्ने । त्यसमाथि विभेद गरेको भनेर गाली समेत खानु पर्ने । त्यसैले कुनै पनि खेलको बेला रेफ्री तारो बन्ने काम गर्नु हुँदैन र सकेसम्म अरुको अपजसे नजरबाट बच्नु पर्छ भनिन्छ।
 
यसपालीको विश्वकपका लागि ३६ जना रेफ्री र ६३ जना सहायक रेफ्री छनौट भएका थिए, भिएआरका १३ रेफ्री बाहेक । फाइनल खेल अर्जेन्टिनी रेफ्री भिस्तर पितानाले खेलाउँदैछन् ।

सामान्यतया ३६ जना रेफ्रीलाई समग्रमा ७० हजार अमेरिकी डलर (७६ लाख रुपैयाँः नेपाल राष्ट्र बैंकको आजको दरभाउ, १ अमेरिकी डलरको १०९ रुपैयाँ अनुसार)) दिइने छ भने खेलाएका हरेक खेलका लागि ३ हजार डलर (सबा ३ लाख रुपैयाँ)  थप दिइन्छ ।

त्यस्तै लाइन्स म्यानले २५ हजार डलर (२७ लाख रुपैयाँ बढी ) पारिश्रमिक र हरेक खेल बापत २ हजार डलर (२ लाख १८ हजार रुपैयाँ)  पाउँछन् । सन् २०१० र २०१४ को विश्वकपमा सबभन्दा बढी कमाउने रेफ्रीले ५० हजार डलर थापेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ