arrow

बेल्जियम बिरुद्ध ईङल्याण्ड दोस्रो पटक पराजित, बेल्जियमलाई तेस्रो स्थान

logo
प्रकाशित २०७५ असार ३० शनिबार
Belgium_England1.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानकालागि भएको खेलमा बेल्जियमले ईङल्याण्डलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ। 

फ्रान्ससँग सेमीफाईनलमा हारेको बेल्जियमले ईङल्याण्ड बिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा दोस्रो पटक जित हासिल गरेको हो । समुह चरणमा पनि बेल्जियमले ईङल्याण्डलाई १-० गोलले पराजित गरेको थियो। 

खेलको चौथो मिनेटमा थोमस मेनियरले गोल गर्दै बेल्जियमलाई १-०को अग्रता दिलाएका थिए। त्यसैगरि ८२औं मिनेटमा एडेन हजार्डले दोस्रो गोल गर्दै बेल्जियमलाई २-० गोलको अग्रता दिलाएका थिए। उक्त अग्रता बेल्जियमलाई बिजयी गराउन पर्याप्त रहेको थियो। 

ईङल्याण्ड क्रोएसियासँग सेमीफाईनलमा पराजित हुँदै तेस्रो स्थानकालागि बेल्जियम बिरुद्ध खेल्न उत्रेको थियो। उपाधि जित्ने होडमा रहेका दुवै बेल्जियम र ईङल्याण्ड सेमीफाईनलमा पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ