arrow

यसकारण हार्यो इंगल्याण्ड बेल्जियमसंग

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
england7.jpg

काठमाडौं । विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियम विजयी भयो । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको तेस्रो स्थानको भिडन्तमा शनिबार राति इंगल्याण्ड २–० ले पराजित भयो । 

इंगल्याण्डले खेलको सुरुआतदेखि नै डिफेन्सिभ खेल्दै आयो । ६४ हजार भन्दा बढी दर्शकले प्रत्यक्ष हेरेको खेलमा चौथो मिनेटमै बेल्जियमका थोमस मुनियरले गोल गरेर बेल्जियमलाई अग्रता दिलाए । 

त्यसपछि इंगल्याण्ड आक्रामक बन्ने अपेक्षा गरिएको थियो । तर इंगल्याण्ड झनै डिफेन्सिभ भयो । हाफ टाइमसम्म इंगल्याण्ड निराश भयो । 

हाफटाइमपछि इंगल्याण्डले केही आक्रमण गर्यो । तर त्यसलाई बेल्जियमका गोलकिपरले निस्तेज पारे । 

आधादर्जन प्रयास इंगल्याण्डका विफल भए । इंगल्याण्डको फिनिसिङ नै भएन । ८२ औं मिनेटमा एलेन हजार्डले गोल गर्दै बेल्जियमलाई २–० ले अग्रता दिलाए । 

त्यसपछि पनि गोलका लागि इंगल्याण्डको प्रयास रहेन । खेलमा गोल बिना जित सम्भव नहुने यो खेलले स्पष्ट गर्छ । 

जसरी क्रोएसियाविरुद्धको सेमिफाइनलमा पराजित मानसिकताबाट खेल्यो त्यसरी नै इंगल्याण्डले बेल्जियमविरुद्ध खेल्यो । 

५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिए पनि त्यसको सदूपयोग इंगल्याण्डले गरेन । छोटो पास अनि आपसमै खेल्ने गरेर समय बिताए पनि इंगल्याण्डका खेलाडीले बल अगाडि बढाउनुको सट्टा पछाडि लैजाने काम बढी गरे । 

समग्रमा इंगल्याण्डले आक्रामक खेलेन । जित्नुपर्छ भन्ने मानसिकतामा रहेन । उसले गरेका जम्मा चार फाउलले पनि देखाउँछ कि उसले आक्रमणका लागि कुनै भूमिका नै खेलेन । बेल्जियमलाई जित्नुथियो । विपक्षीसंग टसल गर्नुथियो । सो बीचमा उसले फाउल पनि खेल्यो । ११ फल बेल्जियमबाट भएको थियो । 

महत्वपूर्ण खेलमा फेयर प्ले खेल्न खोजेको इंगल्याण्डको हारले तेस्रो स्थान पनि गुम्यो । सन् १९६६ को विश्वकप जितेको इंगल्याण्ड त्यसयता दोस्रो पटक सेमिफाइनलमा पुगे पनि तेस्रो स्थान भने दुवै पटक ओगटन सकेन । 

कप्तान ह्यारी केनले समूह चरणमै पाँच गोल गरेका थिए । त्यसपछि एक गोलमात्र गरे । उनी अझ बढी हाइ स्कोरर हुन सक्थे । तर जाँगर गरेनन् । उनी ६ गोलबाटै गोल्डेन बुट पाउने खेलाडी बन्ने निश्चित छ । तर इंगल्याण्डको निरश प्रदर्शनलाई एउटा कप्तानले चिर्न सकेन । 

युवा खेलाडीहरु छन् इंगल्याण्डमा । अर्को पटक राम्रो गर्लान् । तर अहिले गर्नुपर्ने काम पछि हुन्छ भनेर के कल्पना गर्ने ? 

England skipper Harry Kane trudges back to the centre circle as the Belgium side celebrate the opener in Saint Petersburg

 

The Tottenham midfielder puts his head in his hands after seeing his effort cleared away from goal during the second half

Dier looked to have brought England level when he was put through and lifted the ball over the onrushing Thibaut CourtoisBeglium captain Eden Hazard looks to dribble past England midfielder Ruben Loftus-Cheek during the first half of action

Raheem Sterling, who started up front alongside Harry Kane once more, looks to hold off Meunier with his back to goal

 

Crystal Palace and England midfielder Loftus-Cheek rises higher than Jan Vertonghen to win a header for the Three Lions

Kevin De Bruyne, who pulled the strings for Belgium, looks to hold off the attention of Fabian Delph and his team-mate Rose

Manchester United and Belgium forward Romelu Lukaku looks to hold up the ball with Harry Maguire at his back on Saturday

Sterling, who failed to open his World Cup account in the first half, is surrounded by three Belgium defenders in the first half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ