arrow

‘टिभी च्यानलले खेलमा भन्दा धेरै राम्री युवतीमा फोकस गरे’

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
supporter.jpg

काठमाडौं । विश्व फुटबल महासंघ फिफाका अधिकारीहरुले विश्वकपको खेल भइरहेको अवस्थामा टिभी च्यानलहरुले ल्यामर्समा बढी ध्यान दिएको आरोप लगाएका छन् । 

उनीहरुले रुस विश्वकपमा खेल भइरहेको अवस्थामा मैदानमा भन्दा पनि स्डेडियममा खेल हेर्न पुगेका सुन्दरीहरुमा क्यामेरा बढी फोकस गरिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

यससँगै आगामी दिनमा टिभी च्यानलहरुको कवरेजपछि दोषी पाइएमा उनीहरुमाथि कारबाही गर्ने निर्णयमा अधिकारीहरु पुगेका छन् । 

विशेषगरी यो विश्वकपमा रुसी टिभी च्यानललाई यस्तो आरोप लगाइएको छ । फिफाका अधिकारीहरुले रुस र साउदी अरेबियाको खेल चलिरहँदा खेलभन्दा बढी स्टेडियममा बसेकी एक मोडललाई फोकस गरेको आरोप लगाएका छन् । 

यस विषयमा फिफाका सम्बन्धित अधिकारी फेडेरिको एदिसचीले रुस र साउदीको बीचमा खेलमा रुसी च्यानलले यस्तो कार्य गरेको स्वीकार गरेका छन् । उनले अहिले तत्काल च्यानलमाथि कुनै कारबाही गरिने नबताएपनि आगामी दिनमा हुनसक्ने यस्तो कार्यमा फिफाको नजर रहने बताए । उनले कुनै पनि गलत अभ्यास हुन्छ भने त्यस किसिमको कार्य गर्नेलाई कारबाही गरिने बताए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ