काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका नाजायज क्रियाकलाप प्रति मानव अधिकार तथा शान्ति समाजले तेस्रो धर्ना प्रदर्शन गर्ने भएको छ । सरकारका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले सुरु गरेको आन्दोलन अन्तर्गत समाजले सोमबार तेस्रो धर्ना प्रदर्शन गर्ने भएको हो ।
सोमबार दिउसो १ बजे संसद भवन नयाँ बानेश्यवर अगाडी हुने उक्त धर्ना प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी सहभागिा रहने वर्तमान सभापति गंगाधर अधिकारीले बाताए । उक्त प्रदर्शनमा नागरिक समाजका अगुवा तथा अधिकारकर्मीहरुको सहभागिता रहने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको समाजको आरोप छ । त्यस्तै न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण तथा प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको समाजले बताएको छ ।
सरकारले चालेका यस्ता कार्य विरुद्ध आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन को आयोजना गरिएको अधिकारीले बताए ।