arrow

हाम्राकुरा समाचार प्रभाव : भासिएका पुनर्वासका कालोपत्रेको मर्मत गरिदै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ असार ३१ आइतबार
kanchanpur-kalopatre.jpg

पुनर्वास ।  कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बिकास निर्माणको नाममा बनाइदै गरेका कालोपत्रे सडक  सम्पन्न भएको छ महिना नबित्दै भासिने र उप्किने गरेको शिर्षकमा समाचार प्रकाशित भएकै दिन गुणस्तर सुधार्न  सडक डिभिजन कार्यालयले सकृयता देखाएपछि ठेकेदार कम्पन्नीले मर्मत कार्य गरेका छन् ।

पुनर्वास नगरपालिका ६ स्थित बरालचोक देखि भन्सार जाने कालोपत्रे सडक र पुनर्वास ६ कै नगरपालिका चोक देखि त्रिभुवनबस्ती जोड्ने कालो पत्रे निर्माण सम्पन्न भएको केही महिना भित्रै भासिएका थिए ।

" बन्दै उप्किदै र भासिदै पुनर्वासका कालोपत्रे" भन्ने शिर्षकमा हाम्राकुरा डटकममा समाचार बिहिवार  प्रकाशित भएकै दिन सडक डिभिजन कार्यालय कञ्चनपुरले स्थलगत अनुगमन गरि पुनर्निर्माण गराउन ठेकेदार कम्पनीलाई ताकेता गरेको थियो ।

रकम भुक्तानीको लागि डिभिजन कार्यालयमा निर्माण ब्यबसायी कम्पन्नी तयार रहदै गर्दा उक्त कालोपत्रे कमसल बनेको बारे समाचार प्रकाशित भए पछि सडक डिभिजन ताते पछि भासिएका उक्त सडकको मर्मत गरिएको हो ।

पुनर्वास नगरपालिका -६ को नगरपालिका चोक देखि त्रिभुवनबस्ती जोड्ने कालोपत्रे सडकको निर्माणको जिम्मा पाएको दाउद निर्माण सेवाले भासिएको स्थानमा शनिबार नै मर्मत गरेको थियो । पुनर्बासकै अर्को निर्माण सम्पन्न गरिएको बरालचोक देखि भन्सार सडक निर्माणको जिम्मा पाएको जगदम्भा निर्माण सेवाले भासिएको सडकको पुनर्निर्माणको काम आइतबार थालेको छ ।

भासिएका स्थानहरुको माथी गिट्टी र अलकत्रा छर्केर मर्मत गरिदै गरेका सडक कमसल हुने आशंका स्थानिय ब्यक्त गर्दै आए पनि सडकको गुणस्तरमा कुनै असर नपर्ने सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर मोहनचन्द्र हमालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ