विश्वकप फुटबल : फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै
प्रकाशित मिति : २०७५ असार ३१ आइतबार

काठमाडौँ । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८:४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।
उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । फ्रान्स तेस्रो पटक तथा क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो ।
सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">