arrow

क्रेजी चार फुटबल क्रोएसियन फ्यानको विश्वकप हेर्ने एक असफल प्रयास

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
croatian-fan.jpg

काठमाडौं । फुटबलको ज्वरो यस्तो एडिक्सन हो मानौं कि त्यो भएन भने संसारै शून्य जस्तो लाग्छ । यस्ता क्रेजी फ्यान विश्वमा धेरै छन् । 

त्यसैले त फुटबलको विषयलाई लिएर ज्यान दिने पनि धेरै छन् । तर यहाँ उठाउन खोजिएको प्रसंग चार त्यस्ता क्रोएसियाका फ्यानका बारेमा हो जो आइतबारको फुटबल हेर्न चार हजार किलोमिटरको यात्रा आफैले गाडी चलाएर गरे । 

उनीहरु संघर्ष गरेर रुस पुगे पनि फुटबल हेर्न पाउनेमा आशंका भयो । किनकि टिकट विक्री भइसकेको थियो । यिनीहरुले आठ हजार डलरसमेत टिकटका लागि खर्च गर्नुपर्ने छ । चारमध्ये एक जनाले भनेका छन् कि यति महंगोमा त कार नै आउँछ । 

गत ७ जुलाईमा क्रोएसियाको क्वार्टरफाइनल भिडन्त रुससंग भएको थियो । यो खेल हेर्नका लागि जाने उनीहरुले योजना बनाए । उनीहरुले सोचे कि मस्कोसम्म नै कारमा पुग्ने । उनीहरुले दुई हजार किलोमिटर यात्रा कारबाटै गरे । 

यसबीचमा हंगेरी, रोमानिया, मोलदोवा पार गरेर युक्रोनस्थित रुसको सीमामा पुगे । 

पहिलो पटक रुस जानका लागि गाडीमा यात्रारत उनीहरुलाई युक्रेनबाट भने रुसको मस्को जाने अनुमति मिलेन । किनकि उनीहरुलाई रुस र युक्रेनबीच सन् २०१४ देखि विवादित छ । 

यही कारणले उनीहरुले क्वार्टरफाइनल हेर्न पाएनन् । क्रोएसियाले क्वार्टरफाइनल जितेपछि उनीहरु खुशी भए अब त सेमिफाइनल हेर्न पाइएला । तर अगाडि जाने बाटो नभएपछि उनीहरु फेरि दुई हजार किलोमिटर यात्रा कारमै फर्किए क्रोएसिया । 

त्यसपछि उनीहरुले फाइनलमा जसरी पनि हेर्न जाने योजना बनाए । उनीहरु विमानमा मस्को पुगे । तर दुर्भाग्य उनीहरु त्यहाँ पुग्दा टिकटको मूल्य चर्को ।  

दुई हजार डलर प्रति सिट । अब उनीहरुले विश्वकप हेर्ने आशा रहेन । किनकि उनीहरुको निष्कर्ष छ यति महंगोमा त एउटा कार नै आउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ