arrow

फ्रान्स र क्रोएसियाका पाँच-पाँच खेलाडी जसले फाइनलमा ल्याए 

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
france-croatia.jpg

काठमाडौं । विश्वकप फुटबलको उपाधि भिडन्त हुँदै गर्दा फ्रान्सले एउटा कीर्तिमान रचिसकेको छ । सन् १९९८ देखि अहिलेसम्मको पाँच विश्वकपमा फ्रान्स यो भाग्यमानी सावित भएको हो । 

सन् १९९८ को विश्वकप जितेको फ्रान्सले सन् २००६ मा फाइनलमा हार्न पुग्यो । यसपटक के गर्ला ? 

पछिल्लो २० वर्षमा ब्राजिल र जर्मनी २–२ पटक फाइनलमा पुगेका छन् । दुवै टिमले १–१ पटक उपाधि जितेका छन् । 

रुसमा जारी २१ औं संस्करण जित्यो भने फ्रान्सको दोहोरो उपाधि हुनेछ । तर पहिलो पटक फाइनल खेलिरहेको क्रोएसियाको पहिलो उपाधि हुनेछ । 

फ्रान्स र क्रोएसियालाई फाइनलमा ल्याउन भूमिका खेल्ने पाँच पाँच खेलाडी अहम् छन् । 

फ्रान्सका किलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान, पल पोग्बा, एन्जेलो काँटे र हुगो लोरिस ।

त्यस्तै क्रोएसियाका पाँच हिरोमा लुका मोड्रिच, इभाँ राकिटिच, मारियो मान्जुकिच, इभाँ पेरिसिच र डेलियल सुवासिच । 

फ्रान्सका लागि एम्बाप्पे र ग्रिजम्यान मिलेर ६० प्रतिशत गोल गरेका छन् । फ्रान्सले निकै कम गोल गरेको छ । फ्रान्सले ६ खेलमा १० गोलमात्र गरेको छ । जसमा ग्रिजम्यान र एम्बाप्पेले ३–३ गोल गरेका छन् । पोग्बाले २६४ र काँटेले ३५१ बल पास गरेका छन् ।  

मोड्रिच र राकिटिचले २३.९४ प्रतिशत पास गरेका छन् । लुका मोड्रिच र राकिटिचले क्रोएसियालाई फाइनलमा पुर्याउन अहम् भूमिका खेलेका छन् । 

कुल पास क्रोएसियाले ३३६२ गरेकामा २३.९४ प्रतिशत यी दुईले मिलेर गरे । यो विश्वकपमा क्रोएसियाले फाइनलसम्म आइपुग्दा १२ गोल गरेको छ । मोड्रिच, राकिटिच, पेरिसिच र मान्जुकिचले मिलेर ७ गोल गरे । त्यसैगरी गोलपिकर डेनियल सुबासिचले ५ खेलमा ७५ प्रतिशत गोल बचाए । 

खेलाडीहरु कडा छन् । जस्तोसुकै नतिजा ल्याउन तयार छन् । क्रोएसियाले पछिल्लो तीन खेल अतिरिक्त समयमा जितेको छ भने फ्रान्सको खेल अतिरिक्त समयमा गएको छैन । फाइनलमा के होला ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ