arrow

ह्यारी केनलाई गोल्डेन बुट, इंगल्याण्डका दोस्रो खेलाडी

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
harry-kane1.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा इङल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट अवार्ड जितेका छन् । 

विश्वकपमा ६ गोल गरेका केनलाई कसैले भेट्टाउन सकेन । उनीपछि ४ गोलमात्र रह्यो । इंगल्याण्ड विश्वकपमा चौथो भयो । 

केनले समूह चरणमा पानामा विरुद्ध ह्याटिक तथा ट्युनिसिया विरुद्ध दुई गोल गरेका थिए । त्यसैगरी प्रिक्वार्टरफाइनलमा कोलम्बिया विरुद्ध एक गोल गरेका थिए । 

उनी गोल्डेन बुट जित्ने दोस्रो इङलिश खेलाडी बनेका छन् । केनअघि सन् १९८६ मा गेरी लिनेकरले ६ गोल गर्दै गोल्डेन बुट जित्ने पहिलो इंगलिश खेलाडी बनेका थिए । 

रुस विश्वकपमा चार गोल गर्ने खेलाडीहरुमा फ्रान्सका खेलाडीहरु एन्टोइन ग्रेजम्यान र कालिएन एम्बाब्बे, बेल्जियमका रोमेलु लुकाकु, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र रुसका डेनिस चेरिशेभ रहे । 

Harry Kane was confirmed as the 2018 World Cup Golden Boot winner after Sunday's final 

Kane became just the second England player after Gary Lineker to win the top scorer honour 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ