arrow

फ्रान्सका म्यानेजर डेस्च्याम्पसले राखे कीर्तिमान

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
didier-deschamps.jpg

काठमाडौं । फ्रान्सको विश्वकप विजेता टिमका म्यानेजर डिडियर डेस्च्याम्पसले कीर्तिमान राखेका छन् । उनले खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जिताउने कीर्तिमान रचेका हुन् । 

उनी विश्वका तेस्रो व्यक्ति बनेका छन् जसले खेलाडी र प्रशिक्षक भएर देशलाई विश्वकप जिताएको होस् । 

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा खेलाडी रहेका थिए भने अहिले म्यानेजर । यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रान्ज बेकेनबायुएरले यो कीर्तिमान राखेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ