arrow

रुस विश्वकप फुटबलमा कसले के के जिते, कति रकम पाए ? 

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
world-cup-win1.jpg

काठमाडौं । रुस विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले सुनको ट्रफीमात्र जितेन उसले तीन करोड असी लाख अमेरिकी डलरसमेत जितेको छ । विश्वकपमा सहभागी हुने हरेक टिमले केही न केही रकम जित्छन् । 

उत्कृष्ट खेलाडीहरुले छाड्ने छाप बेग्लै हुन्छ । कुन केलाडीले के जिते ? 
गोल्डेन बल– क्रोएसियाका फुटबल कप्तान लुका मोड्रिचले रुस विश्वकपमा गोल्डेन बल अवार्ड जिते । उनी रुस विश्वकपका सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले क्रोएसियालाई फाइनलसम्म पुर्याएनन् मात्र दुई गोल पनि गरे । 

युवा खेलाडी अवार्ड– १९ वर्षे फ्रेन्च खेलाडी किलियन एम्बाप्पेले प्रतियोगिताको युवा खेलाडीको अवार्ड जिते । उनी मात्र १९ वर्षका खेलाडी जसले फाइनलमा पनि गोल गर्यो । फाइनलमा गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । त्यसअघि सन् १९५८ मा ब्राजिलियन पेलेले १७ वर्षको उमेरमै गोल गरेका थिए । एम्बाप्पे १९ वर्षको खेलाडीले विश्वकप फाइनल खेल्ने तेस्रो खेलाडी पनि हुन् । एम्बाप्पेले प्रतियोगितामा चार गोलसमेत गरे । 

गोल्डेन बुट अवार्ड– इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट अवार्ड जितेका छन् । उनले प्रतियोगितामा ६ गोल गरे । उनले समूह चरणको पहिलो खेलमा ट्युनिसयाविरुद्ध २ गोल, दोस्रो खेलमा पानामाविरुद्ध ह्याट्रिक तथा प्रिक्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध १ गोल गरेका थिए । 

गोल्डेन ग्लोभ्स अवार्ड– यो अवार्ड बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइसले जित्न सफल भएका छन् । बेल्जियमलाई तेस्रो स्थान हासिल गर्नमा कोर्टोइसले महत्वपूर्ण भूमिका खेले । बेल्जियम १६ गोलका साथ प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली बन्दा कोर्टोइसले ७ खेलमा ६ गोल मात्र खाएका थिए।

टिमले कसले कति पाए ? 

उपाधि विजेता फ्रान्सले ३ करोड ८० लाख डलर पाउँदा उपविजेता क्रोएसियाले  २ करोड ८० लाख डलर पाएको छ । त्यस्तै तेश्रो हुने बेल्जियमले २ करोड ४० लाख डलर पाएको छ । चौथो भएको इंगल्याण्डले दुई करोड २० लाख पाएको छ । 

क्वार्टरफाइनलबाट बाहिरिने टोलीहरु उरुग्वे, ब्राजिल, स्वीडेन र रुसले एक करोड ६० लाख डलर पाएका छन् । 

प्रिक्वार्टरफाइनलबाट बाहिरिने टोलीले ८० लाख डलर पाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ