arrow

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
france.jpg

मस्को । रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।  फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारी भइरहेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।  यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो ।

क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ ।

साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडी प्रति दर्शाएको प्रेमको पनि धेरैको मन जितेको छ । उनले दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्त गर्दै रोएको र खेलाडीहरुलाई प्रेमपूर्वक सान्त्वना दिएको दृश्य अविश्मरणीय मानिएको छ ।

रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता हिजोबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ