गोविन्द केसीको जीवन तलमाथि हुने परिस्थिति सरकारले नियतवश निर्माण गर्दै गरेको देउवाको आरोप
चिकित्सा शिक्षामा सुधारको अभियानप्रति घात नगर्न ओलीलाई देउवाको चेतावनी
प्रकाशित २०७५ असार ३२ सोमबार
249
Shares
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अनशनरत डा गोविन्द केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको नियतवश निर्माण गरिरहेको भन्दै सरकारमाथि गम्भिर आरोप लगाएका छन्।
सभापति देउवाले एक वक्तव्य निकाल्दै सरकार सञ्चालनका क्रममा विवेकको मार्ग अख्तियार गर्न प्रधानमन्त्री केपी ओलीलाई सचेत गराउँदै नत्र गम्भिर दुर्घटना निम्तिने चेतावनी दिएका छन्।
गोविन्द केसीको माग सुनुवाई नगरेर तलमाथि भए त्यसको सम्पूर्ण दोष वर्तमान केपी ओली नेतृत्वको सरकारले लिनुपर्ने देउवाको भनाइ छ।
देउवाले डा केसीलाई तलमाथि हुने वातावरण बनाइ चिकित्सा शिक्षामा सुधारको अभियानकाप्रति गम्भिर घात गर्ने काम नगर्न देउवाले सरकारलाई थप चेतावनी दिएका छन्।
काँग्रेस सभापति देउवाले डा केसीसँगको वार्ता, सरोकारवालाहरुसँगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर गर्दै आफ्नो नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै हुवहु शिक्षा विधेयक ल्याए विद्यमान जटिलताको विवेकसम्मत हल हुने सुझाव सरकारलाई दिएका छन्।