- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप फुटबलका युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् ।
१९ वर्षको उमेरमै विश्वकप खेलेर चार गोल गरेका एम्बाप्पेले फाइनलमा समेत गोल गरेर ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानी क्लवमा समावेश भएका छन् ।
यो कीर्तिमान पेले र एम्बाप्पेको नाममा मात्र रहेको छ । एम्बाप्पेले विश्वकपबाट ५ करोड ५८ लाख रुपैयाँ कमाइ गरेका छन् । उनले प्रति खेल २४ लाख ७८ हजार कमाइ गरेका थिए ।
फ्रान्सको एक पत्रिका एल इक्विपीका अनुसार प्रिमियर्स डी कोर्डी नामक बच्चाहरुलाई मद्धत गर्ने संस्थालाई एम्बाप्पेले सबै रकम दिन लागेका हुन् ।
बच्चाबच्ची एम्बाप्पेलाई खुवै मन पर्छन् । उनले बच्चाहरुसंग सही शब्दको उपयोग गर्छन् । उनी बच्चाबच्चीहरुसंग खेल्न खुवै मन पराउँछन् ।