arrow

झुम्यो फ्रान्स, विश्वकप च्याम्पियनको भब्य स्वागत

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
france-champion.jpg

काठमाडौं। रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबल च्याम्पियन फ्रान्सको टोली घर फर्केको छ। टोलीलाई राजधानी पेरिसमा भब्य स्वागत गरिएको छ। निकै ठूलो सत्कार र सम्मानसहित स्वतस्फूर्त सडकमा ओर्लिएको नागरिक समाजले टोलीलाई स्वागत गर्ने क्रममा ट्रफीसहित विजयी र्यालीसमेत निकालियो। पेरिसको विमानस्थलमा ओर्लेदेखि नै खेलाडीहरुको भब्य स्वागत गरिएको थियो।

लाखौंको संख्यामा फुटबलप्रेमीसंगै देशप्रेमीहरु संगठित भएका थिए। पाँच लाख फ्रान्सका नागरिक सडकमा ओर्लिएको बताइएको छ। सन् १९९८ को पनि विजेता फ्रान्सले २० वर्षमै फेरि खुशी दिएपछि टोलीलाई फ्रान्सकै सर्वोच्च सम्मानबाट सम्मानित गरिने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ