arrow

राजदुत नियुक्ती सिफारिसमा संविधानमाथि प्रहार भएको रामचन्द्रको ठहर

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
ramchandra-daju-news-aa.jpeg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भारतका लागि राजदुत नियुक्तीका लागि सिफरिस गरेको विषय र राजदुतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् । पौडेलले सो विषयमा आफ्नो फेसबुक पेजमा संविधानले भविश्यमा हुने सरकारी नियुक्तीका कारण संवैधानिक अंगका पदाधिकारीहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भनेर संविधानको धारा २४५ को उपधारा ८ को व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

उनले संविधानको धारा समेत उदेत गरेर फेसबुकमा लेखेका छन्–‘ नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’ यो संवैधानिक व्यवस्थाको आशय भनेको भोली हुने सरकारी नियुक्तका कारण निर्वाचन आयोग जस्ता संवैधानिक आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भन्ने हो ।’

त्यसैगरि राजदुतले प्रधानमन्त्रीबाट शपथ लिने व्यवस्थामा समेत पौडेलले असहमति जनाएका छन् । उनले राजदुतले सरकारको नभई राष्ट्रको प्रतिनीधित्व गर्ने भएकाले शपथ राष्ट्रपतिबाट हुनुपर्ने उल्लेख गरेका छन् । पौडेलले फेसबुकमा लेखेका छन्–‘ राजदुत भनेको सरकारको मात्र होइन राष्ट्रको  प्रतिनीधित्व गर्ने हुनाले प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कुरा मिल्दैन् ।

राजदुतको शपथ ग्रहण राष्ट्रपतिबाट नै हुनुपर्छ । राष्ट्रपति भनेको राष्ट्राध्यक्ष हो । प्रधानमन्त्री भनेको कुनै दल विषेशको हुन्छ । राजदुत बनेर गएको मुलुकमा ओहोदाको प्रमाणपत्र पनि त्यो देशको राष्ट्रप्रमुखलाई बुझाउछ । नेपालमा आउने राजदुतहरुले पनि राष्ट्रप्रमुखलाई नै ओहोदाको प्रमाणपत्र बुझाउने गर्दछन् । राजदुतको शपथ प्रधानमन्त्रीले गराउन मिल्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ