arrow

नेविसंघको प्रदर्शन र प्रहरी धरपकड (भिडियो सहित)

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
nsu-police.JPG

काठमाडौं । सरकारले माथेमा आयोगको प्रतिवेदनलाई टेकेर चिकित्सा शिक्षा विधेयक ल्याई डा गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने लगायत माग राखि सरकारको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ । माईतीघर मण्डलाबाट नयाँ बानेश्वरतिर अघि बढ्ने क्रममा नेविसंघको प्रहरीसँग तीन ठाउँमा झपड भएको हो ।

सरकारले निषेधाज्ञा जारी गरेकै दिन नेविसंघले प्रदर्शनको कार्यक्रम घोषणा गरेको र यो पूर्व घोषित कार्यक्रम भएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । झडपमा परी २४ जना घाईते भएका छन् ।

सर्वोच्च अदालतले सोमबार मात्रै माईतीघर मण्डला लगायत स्थानमा प्रदर्शन गर्न रोक लगाउन नहुने भन्दै सरकारको नाममा अन्तरिम आदेश गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ