arrow

अछाममा सडक मिडिया साप्ताहिक

logo
प्रकाशित २०७५ साउन २ बुधबार
sadak-media-weekly-achham.jpg

अछाम। प्रतिनिधि सभा सदस्य तथा साँसद राम बहादुुर बिष्टले सञ्चार माध्ययमले सबै क्षेत्रलाई समेट्दै निष्पक्ष र स्वतन्त्र भएर समाचार प्रवाहमा लाग्न आग्रह गरेका छन्।

अछामको मंगलसेनमा सडक मिडिया साप्ताहिक पत्रिकाको बिमोचन गदै साँसद बिष्टले पत्रिका दिगो, प्रभावकारी र नियमित बनाउनका लागि सुझाव दिए।

बिगतका दिनहरुमा पनि संचार क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गरेको उल्लेख गर्दै सांसद बिष्टले आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशक शुसिल भण्डारीको अध्यक्षतामा भएको बिमोचन कार्यक्रममा पूर्व सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, जिसस उपप्रमुख टोप बहादु रावलले अन्य पहाडी जिल्लाको तुलनामा अछाम जिल्लाले संञ्चार क्षेत्रमा फड्को मारेको भन्दै अवको पत्रकारिता विकास, पैरबी, सुशासन र पारदर्शीता तथा नागरिक सेवाको पक्षमा हुनुपर्ने बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ